Shikhar Insurance

कालिजले बजार नपाउँदा कैलालीका व्यवसायी मारमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २७, बिहीबार १७:४०
NIMB
Nabil Bank

कैलाली । कालिजले बजार नपाउँदा व्यवसायी मारमा पर्न थालेका छन् । बजार अभावले कालिज बिक्री हुन छाडेपछि व्यवसायी मारमा पर्न थालेका हुन् ।

कैलालीको गोदावरी नगरपालिका–४ मुरिभावरमा विगत चार वर्षदेखि व्यासायिक रूपमा कालिजपालन गर्दै आएका नारायणसिंह कठायलले बजार अभावका कारण कालिज बेच्न समस्या हुन थालेको गुनासो गरे । उनले भने ‘रोजगारीको अवसर नुहँदा कालिजपालन व्यवसायमा लागियो । अब कालिज बिक्री नै हुन छाडे । कालिजले वर्षभरिमा खाएको चारोको पैसासमेत असुल गर्न समस्या हुन थालेको छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

गोदावरी वाइड लाइफ एग्रो प्रालि नामक फार्म दर्ता गरेर व्यावसायिक रूपमा कालिजपालनमा लागेका कठायतले पोखराबाट १ हजार पाँच सय चल्ला ल्याएर सुरु गरेको बताए । सुरुमा पोखराबाट एकदिने चल्ला ल्याएर व्यवसाय सुरु गरेको हुँ । चल्लालाई १५ लाख परेको थियो । लगानी धेरै भइसक्यो । बिक्री फाट्टफुट्ट मात्रै हुन्छन् उनले भने ।

कालिज महँगो हुनुका साथै सानो बजार हुँदा बिक्रीमा समस्या हुन थालेको कठायतले बताए । बजार पनि सानो भयो । वर्षमा मुस्किलले चारदेखि पाँच सय वटासम्म बिक्री हुन्छन्उ उनले भने । उनका अनुसार अहिले फार्ममा आठ सय कालिज छन् ।

१ वर्ष नपुग्दासम्म कालिज खानयोग्य नहुने भन्दै पोथीलाई १ हजार पाँच सय र भालेलाई २ हजारमा बिक्री गर्ने गरेको कठायतले जानकारी दिए । अहिले लगानीमात्रै बढिरहेका छ । चार हजार कालिज पाल्न मिल्ने फार्म बनाएको छु । फार्ममा चल्ला उत्पादनसमेत हुन्छन्भ उनले भने ‘चल्ला पनि खासै बिक्री हुँदैनन् । वर्षमा दुई–तीन सय जति चल्ला बिक्री हुन्छन् ।’

अहिले फार्ममा स्थानीय जातका कुखुरासमेत पालन गर्न सुरु गरेको कठायतले बताए । उनले भने ‘फार्ममा धेरै कालिज पाल्न नसकिने अवस्था भयो । विगत तीन महिनादेखि चार सय स्थानीय जातका कुखुरापालन सुरु गरेको छु ।’ व्यवसाय छाड्न पनि नसकिने काम गर्न पनि नसकिने अवस्था भएको उनको भनाइ छ ।

बजारमा कालिज खपत घटेसँगै व्यवसायीले व्यवसाय बढाउन नसकिरहेको जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा हेमराज अवस्थीले बताए । उनले भने ‘जिल्लामा साना तथा ठूला गरी करिब २५ वटा कालिज फार्म सञ्चालनमा छन् । बिक्री कम हुने भएपछि धेरैजसो फार्मले माउ हुर्काउने, थप्ने गरेका छैन । खासमा बजारको समस्याले व्यावसायी मारमा परेका छन् ।’

GBIME

प्रतिक्रिया दिनुहोस्