Shikhar Insurance

माछापुच्छे बैंकद्वारा विद्यालयलाई ७ थान कम्प्युटर र कलर प्रिन्टर सहयोग

सिंहदरबार संवाददाता
२०८१ बैशाख २७, बिहीबार १७:५२
NIMB
Nabil Bank

काठमाडौं । माछापुच्छे बैंक लिमिटेडको सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका वडा नं ६ स्थित श्री कालीदेवी आधारभुत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उदेश्यले बैंकले उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

श्री कालीदेवी आधारभुत विद्यालयलाई कम्प्युटर सहयोग पछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्य गर्न समेत र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्