Shikhar Insurance

नेपालस्थित भारतीय दूतावासद्वारा गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८१ बैशाख २७, बिहीबार १७:५८
NIMB
Nabil Bank

दमौली । तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय दूतावासले एम्बुलेन्स उपलब्ध गराएको हो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उक्त एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दै जनतालाई सहज र सरल रुपमा एम्बुलेन्स सेवा प्रदान गर्ने उद्देश्यसहित एम्बुलेन्स ल्याउन सहयोग गरेकामा न्यौपानेले भूपू सैनिक प्रति आभार व्यक्त गरे । उनले भने,“सेवा निवृत्तपछि भूपू सैनिकहरुले सामाजिक क्षेत्रमा गरेको योगदान अतुलनीय छ । आगामी दिनमा समेत सामाजिक सेवामा तल्लिन हुनुहोला ।”

Citizen Life
Kumar Bank
Nepal Life

स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्राप्त भएपछि वडाका सर्वसाधारणलाई सहज हुने स्वास्थ्य चौकी प्रमुख देविन्द्र कार्कीले जानकारी दिए । भूपू सैनिकको समन्वयमा एम्बुलेन्स प्राप्त भएसँगै उक्त वडामा तीन एम्बुलेन्स सञ्चालनमा आएका छन् । उनले भने,“स्वास्थ्य संस्थासम्म जानका लागि निजी सवारी साधनको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यो वडामा तीन वटा एम्बुलेन्स भएका छन् । वडावासीले सहज रुपमा एम्बुलेन्स सेवा पाएका छन् ।”

यसअघि राजापानी कलेस्ती दिगो समाज र स्याकुन्थोक समाजले दुई वटा एम्बुलेन्स सञ्चालन गरिरहेको छ । व्यास –९ ले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको वडाध्यक्ष सुरेश थापाले जानकारी दिए । त्यस्तै ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई एम्बुलेन्स निःशुल्क उपलब्ध गराइएको उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्