Shikhar Insurance

रुबी भ्याली हाइड्रोपावरको साधारण सभा जेठ १८ गते, के-के छन् एजेण्डा ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १०:३४
NIMB
Nabil Bank

काठमाडौं । रुबी भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार जेठ १८ युनिभर्शल क्याफे, सुकेधारामा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सभामा आव २०७९/०८० को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतको वित्तिय विवरणहरु पारित गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, आगामी आर्थिक वर्षको लागि कार्य योजना तयार पार्ने तथा गत आर्थिक वर्षको कार्यको समिक्षा गर्ने सभाको विशेष एजेण्डा रहेको छ ।

त्यस्तै, सभामा संचालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्