Shikhar Insurance

नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छः पूर्वसभामुख ढुंगाना

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार ११:२५
NIMB
Nabil Bank

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको बताएक छन् । बिहीबार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको संविधान बचाउन नै चुनौति रहेको बताए । उनले अहिलेको संविधानको बेनिफिट गुम्ने चरणमा पुगेको बताए । उनले वर्तमान संविधानलाई रिभुलेसनी संविधानको संज्ञा दिँदै उहाँले यस संविधानले देशलाई बोक्रो बनाइरहेको जिकिर गरे । उनले वर्तमान संविधानलाई रिभ्यु गरेमात्रै बचाउन सकिने बताए । उनले कम्युनिष्ट सरकारले श्रमीक, मजदुरको हितमा काम नगरेको जिकिर गरे । उनले अहिले भइरहेका भ्रष्टाचार राजनीतिक दलको संरक्षणमा नै भइरहेको दाबी गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

पूर्वसभामुख ढुंगानाले अहिलेका तीन मुख्य दलहरु संविधानको रिभ्यु गर्न सामथ्र्य राख्ने नभएको जिकिर गरे । अहिलेको संविधानको बिरुद्धमा जनता जाइलाग्ने अवस्थामा रहेको बताए । वर्तमान संविधान संविधान शास्त्रअनुसारको नरहेको जानकारी गरे । उनले वर्तमान संविधान माओवादीहरुसँग तत्कालीन मुख्यपार्टीहरु एमाले र काँग्रेस मिलेर माओवादीको हतियार बिसाउने र राजतन्त्र फाल्ने कुरामा मात्रै सहमति भएको बताए । अहिलेको संविधान पपुलर बेसमा नबसेको र पपुलर बेसमा नबसेको संविधानले जनआन्दोलन निम्त्याइरहने जिकिर गरे ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्