Shikhar Insurance

प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो : उपाध्यक्ष भुसाल

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार ११:३४
NIMB
Nabil Bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्ने आवश्यकता निर्माण भइसकेको बताएकी छिन् ।

बिहीबार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएकी हुन् । उनले जनमत पाउनेले ५ वर्ष शासन गर्नसक्ने अवस्थाको सिर्जना गर्नेगरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक देखिएको बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले प्रत्यक्ष निर्वाचन विधिमा वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने विधि नै अहिलेको आवश्यकता रहेको बताइन् । उनले राजनीतिक स्थिरता कायम भएमात्रै विकास निर्माण अघि बढाउन सकिने बताइन् । उनले राजनीतिक झैँ अहिले आर्थिक रुपमा पनि नेपालमा चुनौति बनेको बताइन् । उनले सहकारीले आर्थिक मार्गमा ठूलो दरार ल्याउने काम गरिरहेको बताइन् ।

उपाध्यक्ष भुसालले राजनीतिक स्थायित्व दिने र अहिलेको परिवर्तनलाई बलियो बनाउने गरी अघि बढ्न जरुरी रहेको बताइन् । उनले अहिले नयाँ सहमतिमा अघि बढ्ने आवश्यकता रहेको जानकारी दिइन् । उनले राजनीतिक अस्थिरता पैदा भएको र यसलाई स्थायित्वका लागि अघि बढाउन जरुरी रहेको बताइन् ।

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्