Shikhar Insurance

अक्सफोर्ड कलेजद्वारा हरित प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १३:०८
NIMB
Nabil Bank

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा हरित प्रविधि र प्रतिभा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र, टेक्निकल युनिभर्सिटी अफ डेनमार्क, इण्डोनेसियाको युनिभर्सिटी नेगेरी योग्याकार्टासँगको सहकार्य एवं विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोगमा नवलपुरको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले सम्मेलनको आयोजना गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आजदेखि सुरु भएको ‘ग्रिन टेक्नोलोजी एण्ड ट्यालेन्ट म्यानेजमेन्ट’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयले पाठ्यक्रमलाई परिमार्जित गर्दै अनुसन्धानमा आधारित बनाउँदै लगेको बताए । अनुसन्धानमा आधारित पाठ्यक्रमले विद्यार्थीमा ज्ञान र सीपको वृद्धि हुने भन्दै अर्यालले अहिलेको आवश्यकता अनुसन्धानमूलक शिक्षा भएको बताए । अनुसन्धानमा आधारित शिक्षण पद्धतिको विकास गर्नसकेमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकिने अर्यालको भनाइ थियो ।

सम्मेलनका क्रममा पोखरा विश्वविद्यालय व्यवस्थापन विभागका डीन डा दयाराम ढकालले समाजमा मानवीय संवेदना हराउँदै गएकाले सामाजिक मूल्य, मान्यतामा आधारित अनुसन्धान पद्धति हुनुपर्ने बताए । मानव स्वार्थी हुँदै गएका, आफ्नोबाहेक अरुको भलो नसोच्ने प्रवृत्तिको विकास भएको भन्दै ढकालले हरेक अनुसन्धानमा मानवीय संवेदना हुनुपर्ने बताए । विशेष वक्ताका रुपमा जर्मनीको सेन्टर फर ओपन डिजिटल इन्नोभेसन एण्ड पार्टिसिपेन्सनका निर्देशक प्राध्यापक डा थोमस कोहलरले विश्व अनुसन्धानमुखी अध्यापन पद्धतिमा गएको बताए ।

अनुसन्धानमूलक पाठ्यक्रमका माध्यमबाट विद्यार्थीमा अनुसन्धान सीप वृद्धि हुने भएकाले प्रतिस्पर्धी जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने कोहलरको भनाइ थियो । दुई दिनसम्म गैँडाकोटमा सञ्चालन हुने सम्मेलनमा नेपालसहित जर्मन, नेदरल्याण्ड, इन्डोनेसिया, भारतलगायतका देशका अनुसन्धानकर्ताले हरित प्रविधिको विषयमा रहेर मुख्य प्रस्तुतीकरण गर्ने जनाइएको छ ।

सम्मेलनका क्रममा विभिन्न विश्वविद्यालयमा कार्यरत रिसर्च प्रोफेसरको ४१ वटा अनुसन्धानसम्बन्धी कार्यपत्र प्रस्तुत हुने अक्सफोर्ड कलेजका प्रिन्सिपल प्राध्यापक इन्जिनियर हरि भण्डारीले बताए । शैक्षिक गुणस्तर वृद्धि गर्दै अनुसन्धान केन्द्रित शिक्षण पद्धतिको विकास गर्न सम्मेलन आयोजना गरिएको उनले बताए । सम्मेलनको मुख्य उद्देश्यमा शैक्षिक क्रियाकलाप वृद्धि गर्न विश्वका जनतालाई जोड्ने, अनुसन्धानकर्ताबीच सहयोग र सञ्जाललाई बढावा दिने, विभिन्न देशको संस्कृति तथा रीतिरिवाज आदानप्रदान गर्नेलगायतका रहेको भण्डारीले बताए ।

विश्वविद्यालयका अनुसन्धानकर्ताले भौतिक र अनलाइनमार्फत आफ्नो कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ । सम्मेलनका कारण प्राज्ञिक व्यक्तिलाई अनुसन्धानमा लाग्न प्रेरित गर्ने, अनुसन्धानमा आधारित पाठ्यक्रम निर्माणमा जोड दिनेलगायतका फाइदा पुग्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्