Shikhar Insurance

समानुपातिक प्रणालीलाई परिवर्तन गरेर मात्रै राजनीतिक स्थायित्व आउँदैन : नेता निधी

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १३:२३
NIMB
Nabil Bank

काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीलाई परिवर्तन गरेर मात्रै राजनीतिक स्थायित्व नआउने बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दुई पार्टी सिस्टम र निर्वाचन प्रणालीमा समानुपातिक प्रणालीलाई परिवर्तन गरेर राजनीतिक स्थायित्व आउँछ भन्नेकुरासँग आफू सहमत नरहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले संविधानमा संघीय, प्रदेश र स्थानीय तह एकअर्कासँग जोडिदिएकाले त्यसमा संशोधन गरेर एकअर्कासँग नजोड्ने गरी अघि बढ्न जरुरी रहेको बताए । उनले सात वटै प्रदेशलाई प्रहरी संगठन दिनुपर्ने र कर्मचारी संगठन दिनुपर्ने आवश्यकता रहेको पनि बताए । निर्वाचन प्रणालीमा संघको पहिला निर्वाचन गर्नुपर्ने त्यसपछि क्रमशः प्रदेश र स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए । उनले  यसले राजनीतिक स्थिरता दिने पनि उल्लेख गरे ।

नेता निधीले संघीय प्रणालीमा गइसकेपछि सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने, कर्मचारी संगठन हुनुपर्ने बताए । उनले अहिलेसम्म नेपालमा संघीयता पूर्णरुपमा बन्न नै नसकेको जिकिर गरे ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्