Shikhar Insurance

डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग काँग्रेसको माग

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १३:३१
NIMB
Nabil Bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले देशभरका विभिन्न ठाउँमा डढेलो तथा आगलागीबाट मृत्यु भएकाहरुप्रति समवेदना व्यक्त गर्दै पीडितलाई राहतको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आगलागि र डढेलोबाट पीडितहरुलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले बताए । त्यसैगरी बैठकले डढेलो तथा आगलागिबाट पाईप जल्दा देशका विभिन्न ठाउँमा खानेपानीको अभाव भएको भन्दै त्यसको पनि उचित व्यवस्था मिलाउन सरकारलाई सचेत गराएको छ ।

त्यसैगरी काँग्रेसले नेता प्रकाशमान सिंह, केन्द्रिय सदस्य अम्विका बस्नेत, पूर्वमन्त्री शेषनाथ अधिकारीको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ । काँग्रेसले पार्टी नेता सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रश्ताव पनि पारित गरेको छ ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्