Shikhar Insurance

चालु आर्थिक वर्षको सबै योजना वैशाखमै सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १४:१९
NIMB
Nabil Bank

चितवन । चालु आर्थिक वर्षको अन्त्यतिर मात्र बजेट सकाउन हतार हतारमा योजना सञ्चालन गरी सम्पन्न गर्ने परिपाटी लामो समयदेखि चलिआएको छ । आवको अन्त्यतिर सरकारी योजना सकाउँदै बजेट भुक्तानी गर्ने परिपाटी छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ मा भने चालु आवका लागि सञ्चालित सम्पूर्ण योजनाको निर्माण वैशाख नसकिँदै सम्पन्न भएको छ । चालु आव २०८०।८१ को १० महिना बितिरहँदा उक्त वडामा सञ्चालित सबै योजना सम्पन्न भएका छन् । समयमै सम्झौता गरी सबै योजना सम्पन्न भएको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले जानकारी दिएका हुन् । उनका अनुसार वैशाखसम्म आइपुग्दा गाउँपालिका, प्रदेश र सङ्घीय साथै वडाको आफ्नो छुट्टै बजेटद्वारा सञ्चालित सबै योजना निर्माण सम्पन्न भइसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

चालु आवमा इच्छाकामना गाउँपालिका–४ मा २० योजना सञ्चालित भएकामा १४औं गाउँसभाबाट चार योजना थप भएका थिए । ती २४ योजनाको बजेट रु तीन करोड ३५ लाख रहेको वडाध्यक्ष उप्रेतीले जानकारी दिए । यसैगरी इच्छाकामना–४ मा सञ्चालित नयाँबस्ती, बेलडाँडा, लामिडाँडा हुँदै नाग्दीखोलासम्मको सडकको स्तरोन्नति बाहेक बाँकी योजना सम्पन्न भई भुक्तानी भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

उनले भने ‘नयाँबस्ती, बेलडाँडा, लामीडाँडा हुँदै नाग्दीखोलासम्मको सडक बाटो स्तरोन्नति योजनाको ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ, बाँकी ४० प्रतिशत भुक्तानी केही दिनभित्रै हुन्छ ।’ गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामना– ४ मा सबै योजना सम्पन्न भएका र अन्य वडामा सञ्चालित चालु आवका सम्पूर्ण योजना निर्माणको अन्तिम चरणमा रहेका बताए । उनले भने ‘चालु आवका सबै योजना निर्माणको अन्तिम चरणमा छन्, निर्माण सम्पन्न हुन बाँकी योजना केही दिनभित्र सक्छौं।’ आगामी जेठमा आर्थिक वर्ष २०८१र८२ का योजना छनोट र बजेट निर्माणमा लाग्ने उनको भनाइ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्