Shikhar Insurance

३ महिनामै अर्थमन्त्री पुनले बजेट बाहिरबाट दिए ५२ अर्ब ८७ करोड भुक्तानी, कस्ले कति पाए ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १५:०९
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मन्त्री बनेको तीन महिना नपुग्दै बजेट बाहिरबाट ५२ अर्ब ८७ करोड ५७ लाख भुक्तानी दिएका छन् । मन्त्री पुनले बजेट भन्दा बाहिरबाट रकमान्तर, स्रोतान्तर, थप निकासा र अर्थ विविधबाट भुक्तानी दिएका हुन् ।

अर्थमन्त्री बनेको ३ महिना नपुग्दै मन्त्री पुनले ठूलो रकम बजेट अनुसासन भन्दा बाहिर गएर भुक्तानी गरेका हुन् । अर्थ मन्त्रालयले बुढि गण्डकी जलविद्युत आयोजनाको १ अर्ब रकम सुनकोशी मरिन डाईभर्सन आयोजनामा रकमान्तर गरेको छ । बुढी गण्डकी कै रकम काटेर नारायाणी नदी व्यावस्थापनका लागि भन्दै ४० करोड रुपैयाँ रकमान्तर गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नति कार्यक्रमको रकम झिकेर सुर्य विनायक धुलिखेल र कोटेश्वर बानेश्वर त्रिपुरेश्वर सडकका लागि रकमान्तर गरेको छ । मन्त्री पुनले माओवादी निकट कर्मचारीलाई सहयोग गर्ने भन्दै ६४ लाख ८८ हजार रकम वितरण गरेका छन् । नेपाली काँग्रेसमा सासंद चन्द्रकान्त भन्डारीको स्वास्थ्य उपचारका लागि ५५ लाख ८८ हजार रकम भुक्तानी गरेको छ ।

यस्तै, बुटवल महानगरपालिकाको अधुरा आयोजनाको सिर्जित दायित्व भुक्तानीका लागि ३ करोड २८ लाख भुक्तानी दिएको छ । रासायनिक मल खरिदका लागि फागुन महिनामा ७ अर्ब ७९ करोड स्रोत सहमति दिएको छ ।

सुनसरी मोरङ सिंचाई आयोजना सहित क्षेत्रमा नदि नियन्त्रण गर्न भन्दै बुढी गण्डकी जलविद्युत आयोजनाको १९ करोड रकमान्तर गरेको छ । विद्युतिय सुशासन आयोग संचालन गर्न ३६ लाख ८७ हजार रकमान्तर गरेको छ । कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडलाई मल रिद तथा पुरानो भुक्तानीका लागि ३ अर्ब ३२ करोड ९४ लाख निकासा दिएको छ ।

विद्युतिय राहदानी खरिदका लागि ८८ करोड १५ लाख निकासा भएको छ । सरकारले लिएको आन्तरिक ऋणको सावाँ ब्याज भुक्तानीका लागि सबैभन्दा ठूलो रकमान्तर गरिएको छ। जसका लागि २७ अर्ब रकमान्तर निकासा दिएको छ ।

७ करोड विनियोजन भएको राष्ट्रिय हरवोरियम भवन निर्माणका लागि ४० करोड ५० लाख स्रोत सहमति दिइएको छ । यस्तै, सामाखुशी टोखा गुन्जे सडक आयोजनाका लागि ६ करोड रकम विनियोजन भएकोमा ७ करोड ६२ लाख स्रोत सहमति दिएको छ । सुख्खा बन्दरगाह भन्सार कार्यालय पर्शामा मुअब्जा वितरणका लागि ५० करोड रकमान्तर रकम निकासा भएको छ । बजेट भन्दा बाहिरबाट नै खर्बौं रुपैयाँ खर्च हुन थालेपछि बजेटको विश्वसनियता माथी प्रश्न उठ्न थालेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्