Shikhar Insurance

काँग्रेस वर्तमान गठबन्धन भत्काउन शुरुबाटै लागेको छ : नेता दाहाल

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १६:२८
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले वर्तमान गठबन्धन बनेको सुुरुवाती दिनदेखि नै सरकार परिवर्तनको खेल शुरु भएको बताएका हुन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा नयाँ सत्ता गठबन्धन बनेको सुुरुको दिनदेखि नै सरकार भत्काउने चलखेल सुरु भएको आरोप लगाएका छन् ।उनले सत्तालाई टिक्नै नदिने खेलले अस्थिरता निम्त्याउने बताए । उनले नेपाली काँग्रेसले सत्ता परिवर्तनको खेलमा लागिरहेको भन्दै प्रतिशोधपूर्ण, निषेधको राजनीति र स्वार्थकेन्द्रित राजनीति नगर्न काँग्रेसलाई आग्रह गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

नेता दाहालले विभिन्न १० वटा विधेयकहरु प्रतिनिधि सभाका विभिन्न समितिमा रहेको र ति विधेयकहरु छिटो भन्दा छिटो राष्ट्रिय सभामा फिर्ता आउनु आवश्यक रहेको बताए । सभाबाट सबै दलको सर्वसम्मतिमा पठाएको राष्ट्रिय मर्यादासम्बन्धमा बनेको विधेयक यसै तुहाउने आशंका लागेको बताए । उक्त विधेयकको बारेमा अविलम्व छलफल प्रारम्भ गर्न आग्रह गरे ।

न्युज एजेन्सी नेपाल

GBIME

प्रतिक्रिया दिनुहोस्