Shikhar Insurance

काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरु

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १६:३७
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरु भएको छ । काठमाडौं महानगरपालिकाको शिक्षामा सीप कार्यक्रम अन्तर्गत काठमाडौंको नक्शालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सो कलाकृतिहरुको प्रदर्शनी सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिकाको संयोजन तथा सो प्रतिष्ठानको सहकार्यमा सुरु गरिएको सो प्रदर्शनीका शुक्रबार एक कार्यक्रमबीच प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे । शिक्षालाई सिपसँग जोडने काठमाडौं महानगरपालिकाको कार्यक्रम अन्तर्गत सो प्रदर्शनी सुरु गरिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफलेले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

काठमाडौं महानगरपालिका भित्रका नौ वटा स्कुल सहभागी रहेको सो कलाकृति प्रदर्शनीमा करिव साढे ११ सय चित्रकला तथा मूर्तिकला प्रदर्शनीमा राखिएका छन् । ३ दिनसम्म चल्ने सो प्रदर्शनीले शिक्षालाई सीपसँग जोडन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्