Shikhar Insurance

राष्ट्रिय सभा बिस्तारै प्रतिनिधि सभाको छायाँ पर्न खोजेको आभाष भयो : नेता शर्मा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १६:४७
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रतिनिधि सभाको छायाँ पर्न नहुने बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय सभा प्रतिनिधि सभा भन्दा फरक भएकाले अन्तरबिरोध र अन्तरसंघर्ष ननिकाली मेलमिलापबाट अघि बढ्न जरुरी रहेको बताए । उनले राष्ट्रिय सभामा बिस्तारै प्रतिनिधि सभाको छायाँ पर्न लागेको आभाषा आफूलाई भइरहेको पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले राष्ट्रिय सभालाई गरिमायुक्त सभा बनाइराख्न सबै सांसदहरुले गम्भीर भएर सोच्नुपर्ने बताए । उनले २०१३ सालको कानून चलाएर संघीयता सबलीकरण हुन नसक्ने बताए । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय राष्ट्रको विषय भएको छिटो टुंग्याउन आवशयक रहेको बताए ।

न्युज एजेन्सी नेपाल

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्