Shikhar Insurance

करिब ८ करोड लागतमा केरुङ्गा खोलाको मोटरेवल पुल उद्घाटन

सिंहदरबार संवाददाता
२०८१ बैशाख २८, शुक्रबार १७:०८
NIMB
Nabil Bank

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २४ र २३ जोड्ने केरुङ खोलामा मोटरेवल पुलको उद्घाटन गरिएको छ । बागमती प्रदेशका भैतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले आज एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा उनले पूर्वाधार विकासमा जनतालाई अनुभूति दिने गरी प्रदेश सरकार लागि परेको बताए । प्रदेश सरकारले छ वटा बहुवर्षीय योजनाका काम गरिरहेको जानकारी दिँदै उनले कम बजेटमा अपेक्षाअनुसार काम गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा प्रदेश सांसद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर २४ का वडाध्यक्ष राम गेलाललगायतले यस क्षेत्रको विकासका लागि पुल सहयोगी बन्ने बताए । माडी भरतपुर जोड्ने पहिलाको सडक भएकाले विकास हुन आवश्यक रहेको उनले जानकारी दिए । माडी जोड्न राप्ती नदीमा पुल निर्माण गर्नु आवश्यक रहेको उनले बताए ।

७ करोड ९८ लाख १८ हजारको लागतमा निर्माण गरिएको पुल ७४ मिटर लम्बाइ र फुटपाथसहित ८.४ मिटर चौडा रहेको छ । वि.सं २०७९ चैत १९ गते सम्झौता भई निर्माण सम्पन्न गर्नुपर्ने समयभन्दा छ महिनाअगावै पुल निर्माण सम्पन्न भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्