Shikhar Insurance

डा. देवकोटालाई जिताउन अष्लक्ष्मी शाक्य हेटौँडामा, ईश्वर पोखरेलको भूमिका संकास्पद

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार १०:०६
NIMB
Nabil Bank

काठमाडौं । भोली अर्थात जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा डा. खिमलाल देवकोटालाई जिताउन एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको टिम हेटौँडामा छ । एमाले उपाध्यक्ष तथा बागमति प्रदेश इञ्चार्ज रहेकी शाक्य स्यवं प्रदेश सभा सदस्यका रुपमा मतदाता छिन् । बागमति प्रदेशको मुख्यमन्त्री बन्न लाग्दा शाक्यलाई ओली टिमले रोकेको थियो ।

बागमति प्रदेशका तर्फबाट राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदका लागि एमाले ओली टिमबाट गृहमन्त्री राम बहादुर थापा बादल र माधव नेपाल समुहबाट डा. देवकोटा मैदानमा छन् । माधव नेपालको प्रस्तावमा उम्मेदवार बनेका देवकोटालाई काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन छ । निर्वाचन आयोगले गराउने निर्वाचनमा गोप्य मतदान हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

शाक्यसहितको टिममा राजेन्द्र पाण्डे लगायतका नेताहरु सहभागी छन् । बागमति प्रदेशमा माधव नेपाल समुहको २५ सांसद छन् । त्यस्तै, ५० भन्दा बढी स्थानीय तहका प्रमुख र उप प्रमुख नेपाल पक्षमा खुलेका छन् ।

ईश्वर पोखरेलको भूमिका संकास्पद
ओलीपछि एमाले नेतृत्व गर्न तम्सिएका महासचिव ईश्वर पोखरेलको भूमिका भने राष्ट्रिय सभा निर्वाचनमा संकास्पद देखिएको छ । पोखरेलले वक्तव्य जारी गरेर बादललाई भोट हाल्न निर्देशन त दिएका छन् ।

तर उनी पक्षिय सांसद र स्थानीय तहका प्रमुख उप प्रमुखले भने डा. देवकोटालाई भोट हाल्दैछन् । पोखरेल आफैंले डा.देवकोटालाई धेरै भन्दा धेरै मत दिएर राष्ट्रिय सभामा निर्वाचित गराउने र पार्टी एकताको प्रक्रियामा अवरोध ल्याउन चाहेको आरोप ओली क्याम्पमै लागेको छ । बादललाई नराम्रोसँग पराजित गरेर उनी माधब नेपाल र बादलको दुरी बढाउने र केपी ओलीलाई पनि नेपालसँग चिड्याउने अभियानमा लागेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्