Shikhar Insurance

सामाजिक सुरक्षा कोषमा नजाने कम्पनी करोडौंको आर्थिक भारमा फस्दै, यी २ बैंकले २ करोड तिर्ने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १२, बुधबार १२:३१
NIMB
Nabil Bank

काठमाडौं । सामाजिक सुरक्षा कोषमा दर्ता भएर पनि कर्मचारीको योगदान नपठाएको कारण देशकै ठूलो मध्येको एक ग्लोबल आईएमई बैंकले डेढ करोड रुपैयाँ दायित्व बेहोर्ने भएको छ । बैंकमा कार्यरत कर्मचारीको निधन भएपछि सामाजिक सुरक्षा कोषले बेहोर्ने दायित्व ग्लोबल आईएमई बैंक स्वयमले बेहोर्नु पर्ने भएको हो ।

सामाजिक सुरक्षा ऐनअनुसार कोषमा आवद्ध नहुने तथा आवद्ध भएर पनि योगदान नबुझाएको कम्पनीले नै कोषले बेहोर्ने दायित्व बेहोर्नुपर्ने व्यवस्था छ । कम्पनी र कर्मचारीको सम्बन्ध समाप्त भएपछि (निधन वा सेवानिवृत्त) ऐनबमोजिम कोषबाट पाउनुपर्ने रकम कम्पनीले तिर्नुपर्ने व्यवस्था ऐनमा छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसो नगरे सामाजिक सुरक्षा कोषले सो कम्पनीलाई दायित्व रकम तिर्ने आदेश दिन सक्छ । ग्लोबल आईएमई बैंक सामाजिक सुरक्षा कोषमा दर्ता भएर पनि योगदान जम्मा नगर्ने बैंक हो ।

बैंकका मृतक कर्मचारीका परिवारले बैंकबाट कोषले बेहोर्ने दायित्व बराबर दायित्व नबेहोरेको भन्दै उजुरी दिएपछि कोषले बैंकलाई यस्तो निर्देशन दिएको हो ।

कोषबाट प्राप्त जानकारी अनुसार बैंकका कर्मचारी अनन्त कुमार आचार्यको २०७७ फागुन ८ गते निधन भएको हो । बैंकमा उनको आधारभुत तलब (बेसिक स्यालरी) ३७ हजार रुपैयाँ थियो ।

सामाजिक सुरक्षा ऐनअनुसार मृतक कर्मचारीको बाँकी उमेर हिसाब गरी आधारभुत तलबको ६० प्रतिशत रकम एकमुष्ट दिइन्छ ।

जसअनुसार, ३७ हजारको ६० प्रतिशत २२ हजार २ सय रुपैयाँ भयो । उनकी श्रीमती २६ वर्षकी भएकी छन् ।

नेपालीको औसत आयु ७१ वर्ष मान्दा मृतक आचार्यकी पत्नीले जीउन बाँकी ५ सय ३४ महिना देखिन्छ । यसहिसाबले बाँकी उमेरमा मृतक आचार्यकी पत्नीले पाउने रकम १ करोड १८ लाख भयो ।

मृतक आचार्यका १ छोरा र १ छोरी छन् । ऐनअनुसार उनीहरुको २१ वर्षसम्मको शैक्षिक वृत्ति रकम ३२ लाख २९ हजार रुपैयाँ आउँछ । ऐनमा मृत्य संस्कारका लागि २५ हजार रुपैयाँ दिने व्यवस्था छ ।

यसरी, मृतक आचार्यप्रति सामाजिक सुरक्षा कोषको कुल दायित्व १ करोड ५१ लाख १९ हजार ५ सय रुपैयाँ हुन आउँछ ।

तर, ग्लोब आईएमई बैंक कोषमा आवद्ध भएपनि योगदान कर्ता (कर्मचारी)को योगदान बुझाउन सुरु गरेको थिएन ।

यसर्थमा कोषले कानुनअनुसार बैंकलाई सो रकम ३ महिनामा भुक्तानी दिन पत्र काटेको हो ।

बैंकहरुले आफूहरुले बेहोर्ने दायित्व सामाजिक सुरक्षा कोषको भन्दा बढी भएको भन्दै कोषमा दर्ता हुन तथा योगदान बुझाउन अटेर गर्दै आएका छन् ।
कोषको पत्रबमोजिम बैंकले सो दायित्व नतिरे सरकारी बाँकी सरह असुल हुनेछ ।

कोषले अध्ययन गरेर १ करोड ५१ लाख रुपैयाँ क्षतिपर्ति दिन निर्देशन दिएको कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सिंहदरबारलाई जानकारी दिए ।

उनले भने, “योगदान गर्न सुरु गरेको भए सामाजिक सुरक्षा कोषले बेहोर्ने थियो । तर, आवद्ध भएपनि योगदान सुरु नगरेका कम्पनीले ने क्षतिपूर्ति बेहोर्नुपर्छ ।” ज्ञवालीका अनुसार यो व्यवस्था निजी क्षेत्रका श्रम ऐन लागु हुने सबै कम्पनीले यसरी नै क्षतिपूर्ति तिर्नुपर्छ ।

पिडित कर्मचारीले कोषमा निवेदन दिएपछि हिसाब गरेपछि कोषले सम्बन्धि संस्थालाई पत्र लेख्नेछ ।

निधनमात्रै नभएर कोषले व्यहोर्ने सबै दायित्व सम्बन्धित कम्पनीलाई तिराउन सक्ने अधिकार कोषलाई दिइएको छ ।

“हामीकहाँ आवद्ध नहुने कम्पनीहरुले आफूसँग सामाजिक सुरक्षा कोषको भन्दा राम्रो सुविधा छ भन्ने गरेका थिए,” ज्ञवालीले थपे, “तर, कोषले आफूले बेहोर्ने क्षतिपूर्ति कम्पनीलाई तिराउन सक्छ ।” ग्लोबल आईएमईका कर्मचारी आचार्यको निधनपछि कोषको भन्दा राम्रो सुविधा ती कम्पनीमा नरहेको स्पष्ट पार्ने दावी उनले गरे ।

“सुविधा नपाएर परिवार सामाजिक सुरक्षा कोष गुहार्न आइपुग्नु भएको हो,” ज्ञवालीले थपे, “एउटा कर्मचारी बित्दा डेढ करोड दायित्व सामाजिक सुरक्षाले बेहोर्छ । बैंक भएर डेढ करोड ठूलो भएन तर सानो कम्पनीले त सम्पत्ति नै बेचेर बेहोर्नु पर्छ ।”

सामाजिक सुरक्षा कोषमा आवद्ध नहुँदा तथा योगदान नगर्दा कर्मचारी (योगदानकर्ता)लाई तलमाथि पर्दा सबै दायित्वमा सम्बन्धित संस्था जिम्मेवार हुन्छ र जिम्मेवार बनाउने काम सामाजिक सुरक्षा कोषले गर्ने जिकिर उनले गरे ।

यसअघि कर्मचारीको निधन भएपछि कोषले सनराइज बैंकलाई पनि ४३ लाख रुपैयाँ दायित्व तिर्न पत्राचार गरिसकेको छ । सनराइज बैंकले भने पत्र प्राप्त भएको र सो पत्र बारे बैंकको कानुनी शाखाले विस्तृत अध्ययन गरिरहेका बताएको छ ।

बैंकको उप–महाप्रबन्धक अपछ कुमार यादवका अनुसार असार मसान्तसम्म दर्ता गर्ने समय बाँकी रहेकोले बैंकले सो दायित्व बेहोर्नु नपर्ने हुन सक्नेछ । यद्यपी यसबारे कानुनी शाखाले अध्यनन गरेपछि मात्र केही भन्न मिल्ने जिकिर उनले गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्