Shikhar Insurance

बजेटले हाम्रा अधिकांश माग सम्बोधन गर्योः मोर

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १९:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटले निजी क्षेत्रका अधिकांश एजेण्डा सम्बोधन गरेको बताएका छन् ।

सिंहदरबारसँग कुरा गर्दै उनले कोरोना महामारीसँग जध्नुपर्ने समयमा सरकारले निजी क्षेत्रसँग अधिकतम समन्वय गरि बजेट वक्तव्य ल्याएको बताएका हुन् । ‘कोरोना महामरीसँग जुध्नुपर्ने बेलामा सरकारले पूर्ण बजेट ल्याएको छ, त्यसमा पनि हामीले उठाएका धेरै कुरा समेटेको छ, वक्तव्यकै आधारमा भन्दा बजेट राम्रो आयो’, अध्यक्ष मोरले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले वक्तव्य सुन्दा राम्रो लागे पनि अनुसूचिहरु हेरेपछि मात्रै ठोस रुपमा बजेट बुझ्न सहज हुने उनको भनाई थियो । परिसंघले अघि सारेको मेक इन नेपाल अभियानलाई सरकारले स्वामित्व लिएको, स्टार्टपहरुका लागि छुट्टै पुँजी उपलब्ध गराउने , उत्पादन मुलक उद्योगहरुको विद्युत शुल्क घटाउने जस्ता कार्यक्रम निजी क्षेत्र मैत्री भएको पनि बताए ।

त्यस्तै, नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका मालवस्तुहरुको अन्तशुल्क घटाउने निर्णय पनि राम्रो भएको उनको भनाई थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्