Shikhar Insurance

जनता आवास कार्यक्रममा २ अर्ब ५० करोड, शहरी विकासका लागि  १० अर्ब ७१ करोड बजेट

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १६, आईतवार ०९:१०
NIMB
Nabil Bank

काठमाडौं । जनता आवास कार्यक्रमतर्फ २ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । ताप्लेजुङ, सर्लाही, मकवानपुर, पर्वत, प्यूठान, जुम्ला, डढेल्धुरालगायत ७३ जिल्लाका अतिविपन्न, लोपोन्मुख र सीमान्तकृत वर्गका २१ हजार ८०० परिवारलाई यो कार्यक्रममा समावेश गरिने भएको छ । यो कार्यक्रममा निर्माणाधीन घर यसै वर्ष सम्पन्न गर्ने गरी २ अर्ब ५० करोड विनियोजन गरिएको छ । जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न र छरिएर रहेका बस्ती एकीकृत गरी खानेपानी, विद्युत्, सडकलगायत विकासका आधारभूत पूर्वाधार लैजान ४१ जिल्लाका ८६ स्थानमा एकीकृत बस्ती विकास गरिने भएको छ ।

सिन्धुपाल्चोक, गुल्मी, बाग्लुङ, म्याग्दी, दाङ, सुर्खेत, बाँके, बर्दियालगायतका जिल्लामा विपद्बाट विस्थापित परिवारका लागि पुनःस्थापना कार्यक्रम कार्यान्वयन गरिने भएको छ । सघन शहरी विकास कार्यक्रमका लागि  १० अर्ब ७१ करोड बजेट विनियोजन गरिएको छ । तराई मधेशका जिल्ला सदरमुकाममा यो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्