Shikhar Insurance

सम्पति सुद्धिकरणः पाकिस्तान अझै ग्रे सूचिमै, नेपाल के होला ?

सिंहदरबार संवाददाता
२०७८ असार १२, शनिबार १३:००
NIMB
Nabil Bank

काठमाडौं ।  संसार भर सम्पति सुद्धिकरणसँग जुध्ने संथा फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटिएफ)को प्लेनरी बैठकले पाकिस्तान पुनः एक पटक ग्रे लिस्टमा राख्ने निर्णय गरेको छ । एफएटिएफका अध्यक्ष मार्कस प्लेयरले भनेका छन् कि पाकिस्तानलाई जुन सुझावहरु दिईएको थियो, तिमध्ये थुप्रैमा सुधार गरेको छ । २७ मध्ये २६ सर्तमा सुधार भएको छ तर अझै पनि उसलाई अहिले आतंकवादी निरुत्साहित र कारवाहीका लागि धेरै काम गर्न बाँकी छ ।

उनले पाकिस्तान अझै पनि सम्पति सुद्धिकरण बढोत्तरी भैरहेको देशको सूचिमै रहने स्पष्ट पारे । यसैलाई ग्रे एरियाका रुपमा लिइन्छ । उनले आतंकवाद नियन्त्रणका लागि पाकिस्तान सरकारको प्रतिवद्धताको तारिफ पनि गरेका छन् र आगामी चार महिनापछि अक्टोबरमा पुनः एक पटक समिक्षा गर्ने वचन पनि दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पाकिस्तानले कानुनी व्यवस्थामा व्यापक सुधार गरेको छ । तर एसिया प्यासिफिक ग्रुपको रिपोर्टको हवाला दिँदै उनले एफएटिएफको मापदण्ड भने अझै पुरा नगरेको बताए । भारतको मस्ट वान्टेट सुचिमा रहेका हाफिज सइद र मसुद अजहर जसलाई राष्ट्र संघले पनि आतंकवादी भनेको थियो, उनीहरु विरुद्ध कारवाही गर्न पाकिस्तान असफल रहँदै आएको छ । यस अघि पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले एफएटिएफको मञ्चबाट भारतले राजनीतिक उदेश्य पुरा गर्न खोजेको आरोप लगाएका थिए ।

२५ जुनमा एफएटिएफको बैठक बसेको थियो जसमा पाकिस्तानलाई ग्रे सूचिमा राख्ने वा नराख्ने बारे निर्णय भएको थियो ।
सोही बैठकले घानालाई ग्रे सूचिबाट मुक्त गरेको छ ।

पाकिस्तानले प्रमाण पेश गर्ने
पाकिस्तान एफएटिएफको एसिया प्यासिफिक क्षेत्रको सदस्य हो तर ४० सदस्यिय एफएटिएफको सदस्य भने होइन जहाँ अन्तिम निर्णय गरिन्छ । भारत भने ४० मध्ये एक सदस्य हो । भारतले सोही मञ्च प्रयोग गरेर पाकिस्तानलाई ग्रे सूचिबाट माथि उठ्न नदिएको आरोप लागिरहेको छ । पाकिस्तानले चार महिनापछि हुने रिभ्यु बैठकमा आफ्ना बलिया प्रमाण पेश गर्ने तयारी गरेको छ ।

नेपाल के होला ?
नेपालमा पनि एफएटिएफको टोलीले यसै वर्ष सम्पति सुद्धिकरण सम्बन्धी नेपालको कदमबारे निरिक्षण गर्दैछ । नेपाल सरकारले कानुन र सांगठिनक संरचना तयार पारेर काम गरिरहेको छ । पछिल्लो समय सम्पति सुद्धिकरण विभागलाई सिधै प्रधानमन्त्री कार्यालय मातहत ल्याएर काम भैरहेको छ । बैंक, बीमा लगायतका क्षेत्रमा सम्पति सुद्धिकरण नियन्त्रणमा व्यापक सुधारको प्रयास गरिरहको बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्