Shikhar Insurance

नेशनल हाइड्रोपावरका लगानीकर्तालाई खुसीको खबरः जोगियो तल्लो इन्द्रावतिको लाइसेन्स

सिंहदरबार संवाददाता
२०७८ असार १४, सोमबार २०:३०
NIMB
Nabil Bank

काठमाडौं । लगानीकर्ताको विवादका कारण खारेज भएको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बोलकबोल प्रक्रियाबाट पुनः नेशनल हाइड्रो पावर कम्पनीले पाएको छ ।

विद्युत् विकास विभागले सो आयोजना सोमबार पुनः नेशनल हाइड्रोपावर कम्पनीलाई नै उपलब्ध गराएको हो । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार आर्थिक तथा प्राविधिक प्रस्तावमा उत्कृष्ठ ठहरिएका कारण आफूहरुबाट गुमेको आयोजना पुनः फिर्ता आएको हो ।
आयोजनाको भौतिक निर्माण झण्डै ५० प्रतिशत पूरा भइसकेको छ । विवादमा पर्नु अगाडि आयोजनाले ६५ करोड बराबरको लगानी गरिसकेको थियो । थप ३५ करोड बराबरको लगानी गरिए आयोजना सम्पन्न हुने कम्पनीले जनाएको छ ।
विभागले प्रतिस्पर्धाका आधारमा नेशनल हाइड्रो पावरलाई सो आयोजना उपलब्ध गराएको हो । कम्पनीले अब आयोजना निर्माण, सञ्चालन तथा हस्तान्तरण (बुट) प्रक्रियाबाट अगाडि बढाउनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो आयोजना सञ्चालन गरिरहेको छ । सोही कम्पनीले भोजपुरमा १४ मेगावाट क्षमताको इरखुवा खोला जलविद्युत् आयोजना निर्माण शुरु गरिसकेको छ भने कास्कीमा १२ मेगावाट क्षमताको मादी खोलाको समेत काम अगाडि बढाएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्