Shikhar Insurance

नयाँ रेकर्डः नेप्से परिसूचक ३१ सय अंक माथि

सिंहदरबार संवाददाता
२०७८ श्रावण १९, मंगलवार १५:२४
NIMB
Nabil Bank

काठमाडौं । नेप्से परिसूचकले ३१ सय अंक पार गरेको छ । लगानीकर्ता अघिल्लो दिनभन्दा महंगोमा सेयर किन्न तयार हुँदा नेप्से परिसूचकले नयाँ इतिहास रचेको हो ।

मंगलबार नेप्से २६.०२ अंकले बढेर ३१११.०९ अंकमा पुगेको छ । परिसूचक ०.८४ प्रतिशतले बढ्दा बजारमा कुल ११ अर्ब ५२ करोडको सेयर किनबेच भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आज १ सय ३१ कम्पनीको सेयर मूल्य बढ्दा ४७ वटाको घटेका छन् । बजारमा कुल २ सय २३ स्क्रिप्टको २ करोड ११ लाख कित्ता सेयर किनबेच भए ।

नेप्सेले इतिहास रचेको दिन पाँचथर पावर, रूरू हाइड्रोलगायत ७ कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्