Shikhar Insurance

नबिल नै ‘नम्बर वान’, दोस्रो कुन ? (यहाँ हेर्नुहोस् २७ वाणिज्य बैंकका सबै तथ्यांक)

सिंहदरबार संवाददाता
२०७८ भाद्र १, मंगलवार १४:००
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले साउन मसान्तभित्रै चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गरेका हुन् ।

वित्तीय विवरण अनुसार अधिकांश सुचांकका आधारमा नबिल बैंक अब्बल देखिएको छ । दोस्रोमा कुन छ त ? हेरौं तथ्यांकमाः

Citizen Life
Kumar Bank
Nepal Life

 

निक्षेप

निक्षेपका आधारमा एनआईसी एशिया बैंक सबैभन्दा टपमा छ । बैंकले सबैभन्दा बढी ३ खर्ब रूपैयाँ निक्षेप संकलन गरेको छ ।

धेरै निक्षेप संकलन गर्नेको सूचीमा ग्लोबल आईएमई बैंक दोस्रोमा रहँदा राष्ट्रिय वाणिज्य बैंकले तेस्रो धेरै निक्षेप उठाएको छ ।

 

कर्जा प्रवाह

कर्जाका आधारमा पनि एनआईसी एशिया शीर्षमा तथा ग्लोबल आईएमई दोस्रोमा रहँदा नबिल बैंक तेस्रो स्थानमा छ ।

 

टोटल इक्विटी

वित्तीय विवरणका आधारमा नबिल बैंक सबैभन्दा सबल बैंक हो । चैतसम्म तेस्रो स्थानमा रहेको नबिल ३ महिनामा नेपाल बैंक र ग्लोबल आईएमई बैंकलाई उछिन्दै कुल इक्विटीका आधारमा शीर्षमा उक्लिएको हो ।

 

खुद ब्याज आम्दानी

सबैभन्दा बढी निक्षेप भएको एनआईसी एशियाले गत आवमा सबैभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा एनआईसी एशियाको खुद ब्याज आम्दानी २१ प्रतिशतले बढाएको हो । गत वर्ष १२ बैंकले मात्र अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानी बढाएका छन् । यस्तै ११ बैंकले मात्र ब्याज आम्दानी बढाएका छन् ।

 

अन्य सञ्चालन मुनाफा (सेयर कारोबारबाट कमाएको नाफा)

हिमालयन बैंकले गैर–कोरबैंकिङ कारोबारबाट सबैभन्दा बढी नाफा गरेको छ । यो नाफा सेयर कारोबारमार्फत् गरिएको हो ।

यसरी धेरै नाफा कमाउनेको सूचीमा नबिल दोस्रो, सिद्धार्थ र एनआईबीएल दोस्रो, तेस्रो र चौथोमा छन् । विवरणअनुसार एनआईसी एशिया, सानिमा र नेपाल एसबीआई बैंकले सेयर कारोबारबाट अघिल्लो आवभन्दा कम नाफा जोहो गरेका छन् ।

 

खुद मुनाफा

गत आवमा सबैभन्दा बढी खुद मुनाफा नबिल बैंकले गरेको छ । ४ अर्ब ५० करोड रूपैयाँ नाफा गर्दै नबिल नम्बर वान बैंक बनेको हो । ४ अर्ब भन्दा बढी नाफा गर्ने बैंक ग्लोबल आईएमई पनि हो । अघिल्लो वर्ष ५ नम्बरमा रहेको बैंक दोस्रोमा उक्लिएको हो ।

अघिल्लो आव टपमा रहेको राष्ट्रिय वाणिज्य बैंक तेस्रोमा झरेको हो । सूचीमा अघिल्लो वर्ष चौथो रहेको एनआईसी एशियालाई प्राइम र नेपाल इन्भेस्टमेन्टले उछिनेका छन् ।

 

वितरणयोग्य मुनाफा र त्यसको आधारमा लाभांश क्षमता

सबैभन्दा बढी वितरणयोग्य मुनाफा राष्ट्रिय वाणिज्य बैंकको छ भने नबिल बैंकले पनि ४ अर्बभन्दा बढी लाभांश बाँढ्ने क्षमता राख्दछ । वितरणयोग्य नाफाका आधारमा नेपाल बैंक, एभरेस्ट बैंक र हिमालयन बैंक पनि २० प्रतिशतभन्दा बढी लाभांश बाँढ्न सक्छन् ।

 

पुँजी पर्याप्तता अनुपात

 

खराब कर्जा

 

इक्विटीमा प्रतिफलः कसको घट्यो ? कसको बढ्यो ?

एनआईसी एशिया बैंक सबैभन्दा राम्रो प्रतिफल दिने बैंक भएको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको तुलनामा बैंकको आरओई ३.२७ प्रतिशत बिन्दुले बढेको हो ।

२७ वाणिज्य बैंकमध्ये १५ वटाको लगानीको प्रतिफल घट्दा माछापुच्छ्रेको आरओई सबैभन्दा बढीले वृद्धि भएको छ ।

 

 

प्रतिसेयर आम्दानी

 

तथ्यांक स्रोतः नेपाल बैंकर्स संघ

GBIME

प्रतिक्रिया दिनुहोस्