Shikhar Insurance

एक वर्षमा ८ लाख बढीले बीमा गराउँदा पहुँच २७.५२ प्रतिशत जनसंख्यामा पुग्यो

सिंहदरबार संवाददाता
२०७८ आश्विन ११, सोमबार १४:५७
NIMB
Nabil Bank

काठमाडौं । एक वर्ष बीचमा ८ लाखभन्दा बढी जनसंख्या बीमाको दायरामा आएका छन् । चालु आवको भदौ मसान्तसम्म बीमाको दायरामा आउनेको संख्या २०७७ भदौ मसान्तको भन्दा ८ लाख ३ हजार ३२७ बढी हो ।

बीमा समितिद्वारा उपलब्ध तथ्यांकअनुसार गत आवको २ महिनासम्म बीमाको पहुँच २५.१९ प्रतिशत जनसंख्यामा पुगेको थियो । अर्थात् सो समयसम्म ७५ लाख ८१ हजार ३२३ जना बीमाको दायरामा आएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

जुन चालु आवको सोही अवधिमा आइपुग्दा २.३३ प्रतिशतले थप भएर बीमाको पहुँच ८३ लाख ८४ हजार ६५० जनामा पुगेको समितिले उल्लेख गरेको छ । हालको जनसंख्याअनुसार बीमाको पहुँच २७.५२ प्रतिशतमा पुगेको हो । समितिद्वारा उपलब्ध बीमाको पहुँच विववरणमा वैदेशिक जोगजारी बीमा गराएर विदेशिएका जनसंख्यालाई समेत समेटिएको छ ।

तथ्यांक विभागका अनुसार हाल देशको कुल जनसंख्या ३ करोड ४ लाख ६७ हजार छ । बीमा क्षेत्रको प्रमुख सुचकांक अनुसार नेपालमा बीमाको दायरा बढ्दो क्रममा छ ।

वैदेशिक रोजगार बीमालेखबाहेक बीमाको दायरा २५.५९ प्रतिशतमा पुगेको छ । अघिल्लो आवको भदौसम्म २२.३७ प्रतिशत जनसंख्या बीमाको दायरामा थिए ।

के भन्छ बीमा क्षेत्रको तथ्यांक ?
नेपालमा १९ जीवन बीमा कम्पनी, २० निर्जीवन बीमा कम्पनी र १ पुनर्बीमा कम्पनी गरी कुल ४० बीमा कम्पनीहरुले बीमा व्यवसाय गरिरहेका छन् । एक वटा पुनर्बीमा कम्पनी भने व्यवसाय शुरु गर्ने तयारीमा छ ।

जसमध्ये जीवन बीमातर्फ २ महिनामा २८ अर्ब १३ करोड रूपैयाँ बीमाशुल्क उठेको छ । यस्तै निर्जीवन बीमा व्यवसायले ६ अर्ब ३९ करोड रूपैयाँ बीमा शुल्क उठाएको बीमा समितिको तथ्यांक छ ।

जीवन बीमा कम्पनीले आफ्नो व्यवसाय ३४.२४ प्रतिशतले विस्तार गरेका हुन् भने निर्जीवनले ३४.१३ प्रतिशतले व्यवसाय बढाएका छन् । अघिल्लो आर्थिक वर्षभर (आव २०७७/७८) जीवन बीमा व्यवसाय २७.१२ प्रतिशतले विस्तार हुँदा निर्जीवन बीमा क्षेत्र २२.७४ प्रतिशतले बढेको थियो ।

बीमा कम्पनीहरूले २ महिनामा उठाएको कुल बीमा शुल्क ३४ अर्ब ५३ करोड रूपैयाँ अघिल्लो आवको सोही अवधिभन्दा ३४.२२ प्रतिशत बढी हो ।

हालसम्म कुल ८७ लाख ९६ हजार जीवन बीमालेख विक्री भएको छ । यो संख्या गत वर्षको भदौको तुलनामा १०.८४ प्रतिशत बढी हो ।

यस्तै, गत भदौभन्दा ७.६६ प्रतिशत बढी ४ लाख ७३ हजार निर्जीवन बीमालेख बिक्री भएका छन् ।

यस अवधिमा वैदेशिक रोजगार बीमालेखको संख्या भने ३० प्रतिशतले घटेको छ । अघिल्लो भदौसम्म ८ लाख ४७ हजार बीमालेख विक्री भएकामा यो भदौ मसान्तसम्म ५ लाख ८७ हजार बीमालेखमात्र बिकी भएका छन् ।

यस्तै एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुको चुक्तापुँजी समेत १७.९६ प्रतिशतले र निर्जीवन बीमा कम्पनीहरुको १०.०४ प्रतिशतले वृद्धि भएको छ ।

बीमाको दायरा र व्यवसाय विस्तार भएसँगै कम्पनीहरुले आफ्नो शाखा कार्यालय र कर्मचारीहरुको संख्या समेत थप गरेका छन् । गत आवको २ महिनामा जीवन तथा निर्जीवन गरी ३९ वटा कम्पनीहरुमा १० हजार ९१ जना कर्मचारी कार्यरत थिए । एक वर्षको अवधिमा कर्मचारी संख्या १०.०४ प्रतिशतले थप भइ ११ हजार १०४ जना पुगेको छ ।

साथै सो अवधिमा बीमा कम्पनीहरुले २ हजार ७९२ वटाको संख्यामा रहेको कार्यालयमा ४२३ थप गरी ३ हजार ११५ वटा पुर्‍याएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्