Shikhar Insurance

२ करोड ६६ लाखको गाडी चढ्दै बीमा समितिका अध्यक्ष !

सिंहदरबार संवाददाता
२०७८ आश्विन १४, बिहीबार १०:२७
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले २ करोड ६६ लाख रुपैयाँको गाडी चढ्ने भएका छन् । बीमा समितिले अध्यक्ष सिलवालका लागि सो मूल्यको लक्जरियस गाडी किन्ने भएको हो ।

समिति अध्यक्षका लागि आर्ड टप स्पोर्ट एसयूभी किनिने भएको हो । जुन २७५० सीसीको हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

जसका लागि समितिले असोज ६ गते नै बोलकवोल आह्वान गरिसकेको छ । सो बोलकवोलमा सवारी साधान आपुर्ती संघ सस्था तथा व्यक्तिले विद्युतीय बिडिङमा सहभागी हुन पाउँछन् ।

गाडीको मूल्यको ३ प्रतिशत (८ लाख रुपैयाँ) रकम बोलपत्र सेक्युरिटी रकम राखिएको छ । यसका आधारमा समितिले किन्ने गाडी करिब पौने ३ करोड रुपैयाँको हुनेछ ।

यो मूल्यका सम्भावित गाडीहरु निसान पेट्रोल, ल्यान्ड क्रुजर प्राडो, ल्यान्ड रोभर, ल्यान्ड क्रुजर, जिप र्‍यांगलर रुबिको र जिप केरोके लिमिटेड हुन् ।

बोलपत्रका आधारमा उपयुक्त गाडी किनिने बताइएको छ । समितिका अध्यक्षले अहिले ह्युन्डाइको ९ लटको गाडी चढ्दै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्