Shikhar Insurance

दशैंमा नयाँ नोटको हुटहुटीः २० दिनमै सर्वसाधारणले लगे १७ अर्ब रुपैयाँ

सिंहदरबार संवाददाता
२०७८ आश्विन १८, सोमबार १७:२३
NIMB
Nabil Bank

काठमाडौं । चाडपर्वको माहोलसँगै नयाँ नोट सटहीको चहलपहल समेत शुरु हुन्छ । हिन्दू परम्परामा टिका जमरा, ठुला बडाबाट पाइने आर्शिवादसँगै पाइने दक्षिणा वापतको नयाँ नोट पनि दशैंको चिनारी हो ।

प्रत्यक्ष रुपमा हरेक वर्ष राष्ट्र बैंकले दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्दामात्र सर्वसाधारणले पाउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, कोरोना संक्रमणको त्रासमा केन्द्रीय बैंकले गत वर्ष नयाँ नोटनै वितरण गरेन । आवश्यक हुनेले बैंक तथा वित्तीय संस्थामार्फत् सुकिला नोटमात्र उपयोग गर्न पाएका थिए ।

गत वर्ष नयाँ नोट सटही गर्न नपाउँदा राष्ट्र बैंकमा सर्वसाधारणले विभिन्न माध्यममार्फत् गुनासो गरेका थिए । जसकारणले यसपटक भने राष्ट्र बैंकले कोरोना संक्रमणलाई मध्य नजर गरी न्यूनतम स्वास्थ्यका मापदण्ड पालना गर्दै नयाँ नोटको वितरण गत भदौ २८ गतेदेखि शुरु गरेको थियो ।

गत वर्ष पुरानै नोटले दशैं मनाएर चित्त बुझाएका सर्वसाधारणले यस पटक नयाँ नोट वितरण शुरु भएको २० दिनमै १७ अर्ब रुपैयाँ सटही गरेका छन् ।

राष्ट्र बैंकले १ खर्ब ८० अर्ब रुपैयाँ मागअनुसार वितरण गर्न नयाँ नोट रिर्जभमा राखेको थियो । जसमध्ये ३० अर्ब रुपैयाँ दशैं अघि सटही हुने अनुमान राष्ट्र बैंकले गरेको थियो ।

दशैंलाई लक्षित गरी गत भदौ २८ गतेदेखि वितरण शरु गरिएको नयाँ नोट हालसम्म १७ अर्ब रुपैयाँ सर्वसाधारणले सटही गरी सकेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले बताए ।
राष्ट्र बैंकले वितरण गरेको १७ अर्ब रुपैयाँ नोटमा ८ अर्ब रुपैयाँ ५, १०, २०, ५० र १०० दरका नोटहरु सटही भएका हुन् भने, ८ अर्ब ७५ करोड रुपैयाँ ५०० र १००० दरका नोट सटही भएका उनले जानकारी दिए ।

‘दशैं अघिसम्म करिब ३० अर्ब रुपैयाँ वितरण हुन्छ भन्ने अनुमान गरिएको थियो, त्यसमा असोज १७ गतेसम्म १७ अर्ब रुपैयाँ नयाँ नोट सटही भइसकेको छ’, कार्यकारी निर्देशक नेपालले सिंहदरबारसँग भने, ‘एक वर्षको अवधिमा १ खर्ब १७ अर्ब रुपैयाँले नोटको सर्कुलर बढेको छ, असोज लागेपछिमात्र १७ अर्ब रुपैयाँ थप भएको हो ।’

गत वर्षको असोजमा ५ खर्ब ६३ अर्ब रुपैयाँ नोट चलन चल्तीमा थियो । हाल ६ खर्ब ८० अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिए । दशैंपछि अझै नोटको सर्कुलर बढेर करिब ७ खर्बको हाराहारीमा पुग्नसक्ने उनको अनुमान छ ।
बजारमा नोटको सर्कुलर बढेपनि राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थामार्फत् फिर्ता हुने नोटभने ठप्पनै भएको उनले बताए ।

‘भदौ मसान्तपछि बैंकमार्फत् फिर्ता हुने पैसा आएको छैन, बैंकहरुले पनि नयाँ नोट लगिमात्र रहेका छन्,’ उनले थपे, ‘दशैंभन्दा अघि बजारमा गएको नोट फिर्ता आउने सम्भावना न्यून छ ।’

सरकारले खर्च बढाएर बैंकिङ प्रणालीमा थप पैसा भएमा सर्वसाधारणहरुले दशैं लक्षित नयाँ नोट अझै सटही गर्नसक्ने उनको अनुमान छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्