Shikhar Insurance

बैंकको निक्षेप १६ दिनमा करिब ५८ अर्ब रुपैयाँ थपियो, कर्जा भने निक्षेपको ५५% बढी थप विस्तार

सिंहदरबार संवाददाता
२०७८ आश्विन १८, सोमबार १८:२४
NIMB
Nabil Bank

काठमाडौं । निक्षेपको ब्याजदर बढाएसँगै १६ दिनमै बैैंकहरुमा पौने ५८ अर्ब रुपैयाँ थपिएको छ । बैंक तथा वित्त कम्पनीहरुले थप गरेको निक्षेपभन्दा ५४.७१ प्रतिशतले थप कर्जा प्रवाह गरेका छन् ।

प्रणालीमा तरलता अभाव हुँदै गएपछि अधिकांश बैंक तथा वित्त कम्पनीले असोज १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर ०.१ प्रतिशतदेखि ५ प्रतिशतसम्मले बढाएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

यसबीचमा बैंकिङ प्रणालीमा ५७ अर्ब ७४ करोड रुपैयाँ निक्षेप थप हुँदा ८९ अर्ब ३३ करोड रुपैयाँ थप कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
गत भदौ मसान्तसम्म बैंक तथा वित्त कम्पनीले ४७ खर्ब १ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । जसमा वाणिज्य बैंकहरुले ४१ खर्ब १३ करोड रुपैयाँ, विकास बैंकहरुले ४ खर्ब ५० अर्ब ९४ करोड रुपैयाँ र वित्त कम्पनीहरुले ९१

अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । जसमा असोज १६ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ५१ अर्ब ९६ करोड रुपैयाँ, विकास बैंकहरुले ७ अर्ब ३९ करोड रुपैयाँ निक्षेप थप गरेका छन् । तर, वित्त कम्पनीहरुको भने यस अवधिमा १ अर्ब ६१ करोड रुपैयाँले निक्षेप घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यसैगरी, बैंक तथा वित्त कम्पनीले गत भदौ मसान्तसम्म ४३ खर्ब ३७ अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा असोज १६ गतेसम्म ८९ अर्ब ३३ करोड रुपैयाँले थप भएको हो ।

सो अवधिमा वाणिज्य बैंकहरुले ३८ खर्ब ६३ अर्ब ६६ करोड रुपैयाँ, विकास बैंकहरुले ४ खर्ब २ अर्ब ७७ करोड र वित्त कम्पनीहरुले ७० अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । जसमा असोज १६ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ७५ अर्ब ८४ करोड, विकास बैंकहरुले १० अर्ब ७५ करोड र वित्त कम्पनीहरुले २ अर्ब ७४ करोड रुपैयाँले थप कर्जा प्रवाह गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्