Shikhar Insurance

महालक्ष्मी लाईफको ‘जर्नि टु सक्सेस’ सेमिनार सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ मंसिर १३, सोमबार १२:२४
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘जर्नि टु सक्सेस’ विषयमा एक दिने सेमिनार आयोजना गरेको छ । मंसिर ११ गते आयोजित कार्यक्रममा १०५ जना भन्दा बढीको सहभागिता थियो ।

प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा संचालन भएको उक्त सेमिनारमा उपत्यका भित्रका एघार शाखाहरुमा कार्यरत निश्चित व्यवसाय गरेका लिडर अभिकर्ताहरुलाई सहभागि गराइएको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

बीमा व्यवसायलाई व्यवसायिक कसरी बनाउने, कारोबार गरिरहेता पनि सफलताको बाटोमा कसरी अगाडि

बढ्ने र प्राप्त सफलतालाई निरन्तरता कसरी दिने विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा २६ वर्ष देखि बैंक, बीमामा निरन्तर कार्यकारी प्रमुख रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल हुन चालेका कदम तथा भोगेका अनुभवहरु प्रस्तुत गरेर व्यवहारिक प्रशिक्षण दिए ।

कार्यक्रमका विशेष अतिथि पूर्व प्राध्यापक, स्वास्थ्य बीमा वोर्डका कार्यकारी निर्देशक तथा बीमा विज्ञ डा. दामोदर बसौलाले आफुले लामो समय देखि बीमा अभिकर्ता भई कार्यरत रहँदाको व्यवहारिक प्रशिक्षण दिदै बीमा पेशामा सफल हुन चाहिने गुणहरु र अवलम्बन गर्नु पर्ने बाटोहरु बारे जानकारी गराए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्