Shikhar Insurance

कडा बन्दै बीमा समिति, सबै कर्मचारीको शैक्षिक विवरण ७ दिनभित्र बुझाउन कम्पनीहरूलाई निर्देशन

सिंहदरबार संवाददाता
२०७८ माघ २०, बिहीबार १७:५०
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरूरूलाई आफ्ना कर्मचारीको शैक्षिक योग्यताको विवरण ७ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । जीवन बीमा, निर्जीवन बीमा तथा पुनर्बीमा कम्पनीको नियामक निकाय समितिले सबै ४१ वटै कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।

समितिले कम्पनीहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यता, उत्तिर्ण गरेको वर्ष, उत्तिर्ण गरेको विश्व विद्यालय देखि विद्यालयसम्मको विवरण तोकिएको तालिकामा भरेर ७ दिनभित्र बीमा समितिमा पठाउन निर्देशन दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बीमा कम्पनीहरूमा नक्कली प्रमाणपत्र बाहकहरूको बिगबिगि रहेको बताइँदै आएको छ । केही दिन अघि मात्र योग्यता नपुगेका कर्मचारीलाई महाप्रबन्धक बनाएको भन्दै समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कारबाही गरिसकेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्