Shikhar Insurance

हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह नियुक्त

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १, आईतवार १९:४३
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनिलेको प्रमुक कार्यकारी निर्देशक (सीईओ)मा विजय बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले उनलाई आगामी ४ वर्षको लागि सीईओ फागुन १ गतेदेखि नियुक्त गरेको हो ।

कार्यभार सम्हाल्दै सीईओ शाहले भने ‘हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न पाउँदा एकदमै हर्षित र गौरवान्वित भएको छु । वास्तवमा भन्नुपर्दा हिमालयन जनरल ईन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बीमा सेवाले बीमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको छ । यो कम्पनीले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै ईतिहास बनाएको छ । आफ्नो स्पष्ट उद्धेश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीलाई मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने मैले प्रण गरेको छु ।’

Citizen Life
Kumar Bank
Nepal Life

यसअघिका कम्पनीका सीईओ सुशील बज्राचार्यले ६ वर्ष ५ महिना कार्यभार सम्हालेका हुन् ।

हिमालयन जनरल ईन्स्योरेन्समा आवद्ध हुनुभन्दा अघि विजय शाह नेपाल ईन्स्योरेन्स कम्पनीमा आबद्ध थिए । उक्त कम्पनीमा ४ वर्षसम्म नेतृत्वदायी भूमिका प्रदान गर्दै कम्पनीलाई सकरात्मक छवि दिएका छन् ।
उक्त अवसरमा हिमालयन जनरल ईन्स्योरेन्सका संचालक समितीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले बीमा क्षेत्रमा राम्रो अनुभव र बुझाई भएको सीइओ कम्पनीमा भित्र्याउँदा निर्जीवन बीमाको क्षेत्रमा कम्पनीको व्यवसाय वृद्धिमा उल्लेख्य भूमिका निर्वाह हुने र समस्त बीमा क्षेत्रकै स्तरोन्नती हुनेमा संचालक समिती विश्वस्त रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्