Shikhar Insurance

एक रुपैयाँमै उपचार !

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १४:५२
NIMB
Nabil Bank

एजेन्सी । रु. १ मा उपचार । महंगाईको जमानामा यो सुन्दा अचम्म लाग्छ ।

भारतको गुजरातको पालनपुरको कमलपुरा गाउँमा रहेको मणिबेन च्यारिटेबल अस्पतालमा यति सस्तोमा उपचार पाइन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यहाँ एक भारतीय रुपैयाँमा बिरामीको उपचार हुन्छ । यो अस्पताल विगत ४८ वर्षदेखि सञ्चालनमा छ ।

पूरै पालनपुर क्षेत्रका मानिसहरूले यस अस्पताललाई ‘चार आना’ भन्ने गर्छन् । जसको कारण हो, वर्षौंदेखि अस्पतालले मात्र २५ पैसामा बिरामीको उपचार गर्ने गरेको थियो ।

पछि भारतीय रिजर्भ बैंकले २५ पैसाको सिक्का बन्द गरेपछि अहिले शुल्क एक रुपैयाँ भएको छ । त्यहाँ औषधि पनि तीन रुपैयाँमै पाइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्