Shikhar Insurance

आजदेखि बेलायतमा कोरोना सङ्क्रमित आइसोलेसनमा बस्नु नपर्ने, परिक्षण पनि बन्द गरिँदै

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार ११:२३
NIMB
Nabil Bank

एजेन्सी । बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबार (फेब्रुअरी) देखि लागु हुने गरी हटाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

बेलायतले जनवरी देखि नै अनिवार्य मास्क लगाउने र सङ्क्रमण नियन्त्रणका लागि अपनाइएका कडा खालका प्रतिबन्धात्मक उपायहरूलाई अन्त्य गरिसकेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रधानमन्त्री बोरिस जोन्सनले गरेको नयाँ घोषणापछि बिहीबार देखि नै विद्यालय, कलेज तथा बाल हेरचाह संस्थाका कर्मचारीले हप्तामा दुईपटक कोरोना परीक्षण गराउनु पर्ने यस पहिलेको प्रावधान हट्ने छ भने कसैलाई कोभिड पुष्टि भएको भएपनि छुट्टै (एकान्त) मा बस्नु पर्ने छैन ।

उनले भने, “सेल्फ–आइसोलेसन हटाउनु र कोभिड विरुद्धका नियमहरू उल्टाउनु कोरोनाभाइरससँग सामान्य रूपमा अघि बढ्ने अन्तिम चरणहरूमध्ये एक हो । धेरै मानिसहरू जस्तै मलाई पनि लाग्छ कि यो कदम चाल्न धेरै जरुरी थियो ।”

प्रधानमन्त्री जोनसनले अप्रिल १ देखि देशमा निःशुल्क कोरोना परीक्षण पनि बन्द हुने बताएका छन् । यद्यपि उनले प्रतिबन्ध हटाउनुको अर्थ कोरोनामाथि विजयको घोषणा गर्नु भने नभएको भन्दै आफ्नो ख्याल गर्न सबै नागरिकलाई आग्रह गरेका छन् ।

सरकारको निर्णय सार्वजनिक भएसँगै विज्ञहरूले भने उक्त घोषणाले गर्दा सङ्क्रमणको जोखिम बढाउन सक्ने बताएका बीबीसीले उल्लेख गरेको छ । मानिसहरु मास्क बिना हिड्ने थालेमा कोरोना द्रुत गतिमा बढ्ने र यो घातक हुने उनीहरूले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्