Shikhar Insurance

निओम प्रोजेक्टः सीधा रेखामा सहर बनाउने साउदी राजकुमारको दुस्साहशपूर्ण रचनात्मक सोच !

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार १६:०७
NIMB
Nabil Bank

बीबीसी । उज्यालो समुद्र तटहरू, विशाल मरुभूमिमा रोपिएका अर्बौं रूखहरू, द्रुत गतिमा चल्ने रेलहरू, नक्कली चन्द्रमाहरू र कारहरू बिनाको १७० किलोमिटर लामो सीधा लाइनमा बनेको शहर । यी सबै योजना निओम परियोजनाका हिस्सा हुन्।

परियोजनाअन्तर्गत साउदी अरबमा भविष्यमा इको-सिटी स्थापना गर्ने योजना छ। सो शहरमा सबै कुरा पर्यावरण मैत्री हुनेछन् । तर, वास्तविक प्रश्न यो छ कि सीधा रेखा बन्ने सहरको योजना साँच्चै साकार होला त?

Citizen Life
Kumar Bank
Nepal Life

निओम परियोजनाले भविष्यको खाका भएको दाबी गर्दै पृथ्वीको स्वास्थ्यलाई नबिगारिकन मानव सभ्यता फस्टाउन सक्ने बताएको छ । यस परियोजनाको लागत ५ खर्ब अमेरिकी डलर छ । र, यो कच्चातेल मुक्त साउदी अरबको ‘भिजन २०३०’ को एक महत्वपूर्ण हिस्सा हो।

यो इको-सिटी विकासकर्ताहरूका अनुसार यो सहर २६,५०० वर्ग किलोमिटर (इजरायल र प्यालेस्टाइनको क्षेत्रफल बराबर) क्षेत्रफलमा फैलिनेछ । साउदी अरेबियाको न्यायिक प्रणालीले यहाँ काम गर्ने छैन तर यो परियोजनामा ​​​​लगानीकर्ताहरूले आफैं यसको लागि एक स्वायत्त कानूनी प्रणाली तयार गर्नेछन् ।

निओम आयोजनाको सल्लाहकार बोर्डमा रहेका पूर्व बैंकर अली शिहाबीका अनुसार यो सहर १७० किलोमिटर लामो सिधा रेखामा निर्माण हुनेछ, जसको नाम ‘द लाइन’ रहनेछ ।

झट्ट सुन्दा परियोजना असम्भव लाग्न सक्छ, तर अली शिहाबी भन्छन् कि लाइन धेरै चरणमा निर्माण हुनेछ । “मानिसहरूले यो परियोजनालाई पागलपन मान्छन् । यसको लागत धेरै छ तर यो चरणबद्ध रूपमा निर्माण भइरहेको पनि छ,” उनी भन्छन्।

उनी बताउँछन् कि यो शहर बार्सिलोनाको ट्राफिक-मुक्त “सुपरब्लक” जस्तै हुनेछ । उजका अनुसार, “सहरको हरेक अंश आफैंमा निर्भर हुनेछ । यसमा पसल र विद्यालयजस्ता सुविधा पनि हुनेछन् जसले गर्दा मानिसले चाहेको कुरा ५ मिनेट पैदल वा साइकल चलाएर प्राप्त गर्न सक्नेछन् ।

विकासकर्ताहरू दावी गर्छन् कि जब यो सहरमा पूर्ण बसोबास हुन्छ, तब एक छेउदेखि छेउसम्मको यात्रा हाइपर स्पीड ट्रेनमार्फत् हुनेछ, जसमा सबैभन्दा लामो यात्रा २० मिनेटभन्दा बढीको हुनेछैन ।

यसबाहेक निओम आयोजनामा ​​‘अक्सागन’ नामक पानीमा तैरने सहर पनि बन्नेछ । यो सहर मानवनिर्मित विश्वको सबैभन्दा ठूलो तैरने संरचना हुनेछ, जुन एक किलोमिटरमा फैलिनेछ।

निओमका सीईओ नदमी अल–नासरका अनुसार यस बन्दरगाह सहरमा सन् २०२२ देखि मानिसहरु आउन र बस्न थाल्नेछन् ।

निओमले यो “औद्योगिक केन्द्र” को छेउमा लाल सागरको तटमा संसारको सबैभन्दा ठूलो कोरल रिफ पुनर्स्थापना परियोजना सञ्चालन गरिने घोषणा गरेको छ ।

नियोम आयोजनाको वेबसाइटमा यो बृहत् आयोजनाको पहिलो चरण २०२५ सम्ममा सम्पन्न हुने दाबी गरिएको छ ।

स्याटेलाइटबाट खिचिएका तस्बिरहरू हेर्दा अहिले मरुभूमिमा वर्गाकार आकार बनेको छ, सयौं घर लाइनमा बसेका छन् । यसमा दुईवटा स्विमिङ पुल र एउटा फुटबल मैदान पनि छ।

अली शिहाबी बताउँछन् कि यो निओमका कर्मचारीहरूको लागि बनाइएको शिविर हो ।

तर, मरुभूमिको माझमा पर्यावरणमैत्री मापदण्ड पूरा गर्ने यस्तो अत्याधुनिक सहर निर्माण गर्न कत्तिको सम्भव छ ?

अक्सफोर्ड युनिभर्सिटीका ऊर्जा विज्ञ डा. मनाल शेहाबीसँग यसको जवाफ खोजिएको थियो । निओमको सफलताको मूल्याङ्कन गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

यद्यपि वेबसाइटले दावी गरेको छ कि निओम ” खाद्यान्नमा विश्वको सबैभन्दा आत्मनिर्भर शहर” हुनेछ। ‘भर्टिकल फार्मिङ’ गरेर यहाँ खाद्यवस्तु उत्पादन गरिनेछ । हाल झन्डै ८० प्रतिशत खाद्यान्न आयात गर्ने देश साउदी अरेबियाका लागि यो अचम्मको कुरा हुनेछ ।

तर के यो सम्भव छ कि खाद्यान्नको उत्पादन सधैं हुन सक्छ?

आलोचकहरूको आरोप छ कि यस परियोजनाको मुख्य प्रेरक शक्ति र साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले देशको वास्तविक अवस्थाबाट मानिसहरूको ध्यान विचलित गर्न ठूला वाचा गरिरहेका छन् । क्राउन प्रिन्स मोहम्मद बिन सलमान साउदी अरेबियालाई हरित देश बनाउन चाहन्छन् र “गीगा-प्रोजेक्ट” उनको भिजनको एक हिस्सा हो।

उनले जलवायु परिवर्तन रोक्न ग्लासगोमा सम्पन्न कोप २६ सम्मेलनको एक साताअघि ‘साउदी ग्रीन इनिसिएटिभ’ सुरु गरेका थिए । जसअनुसार सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य राखिएको छ ।

क्याम्ब्रिज युनिभर्सिटीकी विज्ञ डा. जोआना डेप्लेज भन्छिन्, ‘सुरुमा यसलाई ठूलो कदम मानिएको थियो, तर पछि हेर्दा यो घोषणा यथार्थ हुन सकेन ।’

उनको मान्यता यो छ कि अहिलेदेखि सन् २०३० सम्ममा तापक्रम १.५ डिग्रीले बढ्न नदिन विश्वको तेल उत्पादन प्रत्येक वर्ष करिब ५ प्रतिशतले घटाउनुपर्ने हुन्छ ।

तर, कोप २६ जलवायु सम्मेलनमा वाचा गरेको केही हप्ता पछि साउदीले तेल उत्पादन बढाउने कुरा अघि सार्‍यो । ऊर्जा मन्त्री प्रिन्स अब्दुलाजिज बिन सलमानले आफ्नो देशले कच्चा तेलको उत्पादन बन्द अहिल्यै नगर्ने बताएका छन् । “हामी अझै पनि यो लाइनमा अन्तिम व्यक्ति हुनेछौं र हाइड्रोकार्बनको प्रत्येक अणु बाहिर ल्याउनेछौं,” उनले भने ।

” साँच्चिकै चकित पार्ने कुरा यो हो कि साउदी अरेबियाले आजको दिनमा पनि साउदी कच्चा तेलको दोहन र निकासी जारी राख्ने सोच्दछ,” डा. डेप्लेज भन्छन् ।

कुनै पनि देशको कार्बन उत्सर्जन इन्धन जलाएर हुनेलाई मानिन्छ, इन्धन उत्पादन गर्नेलाई मानिँदैन । तसर्थ, साउदी अरेबिया जस्ता देशहरूले प्रत्येक वर्ष लाखौं ब्यारेल कच्चा तेल निकाल्छन् र अन्य देशहरूलाई बेच्छन्, किनकी कार्बन उत्सर्जन उनीहरूको खातामा गनिने छैन।

यद्यपि साउदी अरेबियाले जैविक इन्धनको आन्तरिक खपत नै कम गर्न निकै मिहिनेत गर्न जरूरी छ । साउदीले सन् २०३० सम्ममा ५० प्रतिशत नवीकरणीय ऊर्जाबाट विद्युत उत्पादन गर्ने बताए पनि २०१९ सम्म यस्तो उत्पादनको हिस्सा ०.१ प्रतिशत मात्रै थियो ।

‘रचनात्मक सोच’

निओम परियोजनाका समर्थकहरू हावा र सौर्य ऊर्जामा निर्भर स्मार्ट र दिगो सहरको निर्माण नयाँ ढंगले गर्न आवश्यक भएको बताउँछन्। यो सहरको पानीको आवश्यकता समुन्द्री पानी सफा गरेर पूरा त हुनेछ, तर यसमा शून्य कार्बन उत्सर्जन पनि शून्य हुनुपर्छ।

निओमको सल्लाहकार बोर्डका सदस्य अली शिहाबी भन्छन्, “साउदी अरेबियाले केही रचनात्मक सोच्नु आवश्यक छ, किनकि मध्य पूर्वमा पानीको कमी छ।”

साउदी अरब एक मरुभूमि देश हो, जहाँ आधा पानी समुद्री पानी सफा गरेर प्राप्त गरिन्छ। तर, यसका लागि काम गर्ने मेसिनहरू परम्परागत इन्धनबाटै चल्छन् ।

यो प्रक्रिया महँगो मात्र होइन, पानी सफा गरेपछि नुन र विषालु रसायनकोलाई समुद्रमा नै फ्याँकिन्छ । यो मिश्रण समुद्रमा बस्ने जीवहरूको लागि झन् खतरनाक छ।

निओम परियोजना अन्तर्गत पानी सफा गर्ने सम्पूर्ण प्रक्रिया नै परिवर्तन गर्ने दाबी गरिएको छ । यसका लागि नवीकरणीय ऊर्जा मात्र नभई यस अवधिमा प्राप्त हुने नुन र रासायनिक मिश्रणलाई उद्योगका लागि कच्चा पदार्थको रूपमा प्रयोग गरिनेछ ।

तर, यो बाटोमा ठूलो बाधा के हो भने पानी प्रशोधन केन्द्र अहिलेसम्म नवीकरणीय ऊर्जाको सहयोगमा सञ्चालन गर्ने प्रयास सफल हुन सकेको छैन । आयोजनाको यो प्रयोग सफल भए मध्यपूर्वमा पानीको समस्या समाधान हुन सक्ने अली शिहाबी भन्छन्, जुन निओम परियोजनाका लागि निकै सार्थक हुनेछ ।

यद्यपि, जलवायु विज्ञहरूले अविश्वसनीय प्रविधिमा भर पर्दा खतरा देख्छन्। यससँग सम्बन्धित प्रविधि सफल हुन नसके जलवायु परिवर्तनविरुद्ध लड्ने मिसन प्रभावित हुने र लक्ष्य हासिल गर्न ढिलाइ हुन सक्ने उनीहरुको विश्वास छ ।

निओम परियोजना कसको लागि हो भन्ने धेरै ठूला प्रश्नहरूको जवाफ आउन भने अझै बाँकी छ।

GBIME

प्रतिक्रिया दिनुहोस्