Shikhar Insurance

पश्चिमा मुलुकहरूद्वारा रूसमाथि ‘वित्तीय आणविक हतियार’मार्फत् प्रतिबन्ध घोषणा !

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १०:१७
NIMB
Nabil Bank

एजेन्सी । अमेरिका, बेलायत र युरोपेली संघले मस्को विरुद्ध प्रतिबन्ध बढाएका छन् । रूसले युक्रेन विरुद्धको आक्रमण जारी राख्दा उनीहरूले स्विफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा पहुँच रोक्ने बताएका हुन् ।

रूसविरूद्धको वित्तीय प्रतिबन्ध रूसी केन्द्रीय बैंकको विदेशी विनिमय सञ्चितिमा पनि हुने बताइएको छ । युरोपियन कमिसन, अमेरिका, फ्रान्स, जर्मनी, क्यानाडा, बेलायत, इटलीका शीर्ष नेताले लेखेका छन्, “यो कदम पुटिनलाई उनको रणनीतिक असफलता महसुस गराउनका लागि हो ।” उनीहरूले थप प्रतिबन्ध लगाउने चेतावनी पनि दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यो कदमले पुटिनलाई केन्द्रीय बैंकमा रहेको ६ खर्ब ३० अर्ब अमेरिकी डलर विदेशी विनिमय सञ्चिति परिचालन गर्न रोक्न जनाइएको छ । रूसी बैंकलाई यसरी प्रतिबन्ध लगाउँदा त्यहाँका व्यापारीलाई वैदेशिक व्यापार (आयात/निर्यात) गर्न असम्भव हुनेछ । रूस यसरी अन्तर्राष्ट्रिय वित्त प्रणालीबाट बाहिरिएपछि ऊ निकै कमजोर हुने दाबी गरिएको छ ।

अमेरिका, बेलायत, युरोप र क्यानडाले शनिबार केही रुसी बैंकलाई स्विफ्ट भुक्तानी प्रणालीबाट हटाउने प्रतिबद्धता जनाएका छन्, जसलाई फ्रान्सेली अर्थमन्त्रीले “वित्तीय आणविक हतियार” भनेका थिए किनभने यसले रूस र रूसका व्यापार साझेदारलाई नोक्सान पुर्याउनेछ ।

प्रतिबन्धको पछिल्लो चरण अमेरिका पनि सामेल भयो । अमेरिकाको ट्रेजरी विभागले रूसी वित्तीय प्रणालीको “मूख्य पूर्वाधार” लाई लक्षित गरिरहेको छ । अमेरिकाले रूसको दुई ठूला बैंकहरू स्बर बैंक र भीटीबीलाई प्रतिबनध लगाएको छ भने सरकारी स्वामित्वको ओट्क्रिटी, सोभकम बैंक र नोभिकोम बैंक र सरकारी स्वामित्वका केही बैंक पनि प्रतिबन्धको सुचीमा छन् ।

यो कदमले अमेरिकाले रूससँगको व्यापार रोकेको बताइएको छ । अमेरिकाले रूसलाई समर्थन गर्ने बेलारूसका दुई बैंकलाई पनि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाको प्रतिबन्ध बेलायती घोषणापछि आएको हो । बेलायतले यसअघि नै सबै प्रमुख रुसी बैंकहरूमा सम्पत्ति रोक्का गर्ने र ठूला रुसी कम्पनीहरूलाई बेलायतमा रकम जुटाउनबाट रोक्ने बताइसकेको छ ।

स्टर्लिङ्ग बजार र क्लियरिङ भुक्तानी प्रणालीबाट रुसी बैंकहरू बाहिरिने घोषणा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरिसकेका छन् ।

रोयटर्स

GBIME

प्रतिक्रिया दिनुहोस्