Shikhar Insurance

बिटक्वाइन प्रयोकर्ताबाट युक्रेनले जुटायो ११ मिलियन डलर सहयोग

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १०:५४
NIMB
Nabil Bank

एजेन्सी । क्रिप्टोकरेन्सी प्रयोगकर्ताले हालसम्म कम्तिमा ११ मिलियन डलर बराबरको सहयोग जटाएको बताइएको छ । क्रिप्टोकरेन्सी विश्लेषकहरूका अनुसार युक्रेनलाई १ खर्ब ३२ अर्ब रूपैयाँ बराबरको सहयोग बिटक्वाइन मार्फत् जुटाइएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

ब्लकचेन एनालिसिस कम्पनी इलिप्टिकका विश्लेषकले युक्रेनी सरकार, गैरसरकारी संस्था र स्वयंसेवी समूहहरूले आफ्ना बिटकोइन वालेट ठेगानाहरू अनलाइनमा प्रचार गरेर सो रकम जुटाएको दाबी गरेका छन् । हालसम्म ४ हजारभन्दा बढी संख्यामा सहयोग जुटेको छ । एक अज्ञात दाताले एउटा गैरसरकारी संस्थालाई ३० मिलियन डलर बराबरको बिटक्वाइन सहयोग गरेको समाचारमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

दाताहरूले औसतमा ९५ डलर सहयोग गरेका छन् ।

शनिबार दिउँसो, युक्रेनी सरकारको आधिकारिक ट्विटर एकाउन्टमा भनिएको थियो, “युक्रेनका जनताको साथमा उभिनुहोस् । हामी बिटक्वाइन, इथरियम र यूएसडीटीलगायत क्रिप्टोकरेन्सी सहयोग स्वीकार गर्दै छौं ।” एकाउन्टमा २ वटा क्रिप्टोकरेन्सी वालेट ठेगाना पोस्ट भएका थिए जसमा आठ घण्टा भित्र ५.४ मिलियन डलर जम्मा एको थियो ।

युक्रेनी डिजिटल मन्त्रालयले सहयोगबाट उठेको रमक “युक्रेनका सशस्त्र बललाई मद्दत गर्न” परिचालन गर्न  उल्लेख गरेको छ तर त्यो रकम कसरी खर्च गर्ने भनेर विस्तृत रूपमा उल्लेख गरेको छैन ।

इलिप्टिकका संस्थापक टम रोबिन्सनले बीबीसीलाई भनेका छन्, “केही क्राउडफन्डिङ र भुक्तानी कम्पनीहरूले युक्रेनी सेनालाई समर्थन गर्ने समूहहरूलाई आर्थिक सहयोग गर्न अस्वीकार गर्दा क्रिप्टोकरेन्सीहरू शक्तिशाली विकल्पको रूपमा देखा परेको छ ।”

फन्डरेजिङ प्लेटफर्म प्याटिअनले “कम ब्याक अलाइभ” नामको गैरसरकारको संस्थालाई सहयोग जुटाउन बनाइएको पेज हटाएको छ । सो एनजीओले सन् २०१४ देखि द्वन्द्वग्रस्त क्षेत्रमा युक्रेनी सेनाका लागि पैसा उठाउँदै आएको छ।

प्याट्रिओनले भने ती पेजले कम्पनीको नीतिहरूको उल्लङ्घन गरेको छ । उसको विज्ञप्तिमा भनिएको छ, “हामी हतियार वा सैन्य गतिविधि प्रयोजनका लागि रकम खर्च गर्न दिदैनौं।”

क्रिप्टोकरेन्सी संसारभरका आधुनिक द्वन्द्वहरूमा फन्डरेजिङको बलियो विकल्प बनिरहेको छ ।

स्क्यामरहरूले पनि युक्रेनको वर्तमान अवस्थाको फाइदा उठाएको पाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्