Shikhar Insurance

डेडिकेटिड र ट्रङक लाइनको बक्यौता नतिरे पनि विद्युतको लाइन नकाटिने, समाधान खोज्दै सरकार

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २१, शनिबार २१:२३
NIMB
Nabil Bank

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले विद्युतको ट्रङ्कलाइनको महसुल नतिरे पनि लाइन नकाटिने बताएका छन् । सिद्धार्थनगर उद्योग बाणिज्य संघको ६३ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खाँणले डेडिकेटिड ट्रङक लाइनको बक्यौता नतिरे पनि तत्काल उद्योगीहरुको विद्युत लाइन नकाटिने स्पष्ट पारेका हुन् । मन्त्री खाँणले भने,“लाइन काट्न विद्युत् प्राधिकरण उद्योगमा गए पनि प्रहरीले सहयोग गर्दैन, समस्या सम्बोधन गर्न सरकार अग्रसर छ, ट्रङ्कलाइनको महसुल नतिरे पनि लाइन काटिदैन ।”

उनले लामो समयदेखि अड्किएर बसेको डेडिकेटिड र ट्रङक लाइनको बक्यौता महशुसल सम्बन्धी विवादको दिर्घकालिन समाधान निकाल्न सरकार तयार रहेको र त्यसका लागि आवश्यक छलफल भैरहेको पनि मन्त्री खाँणले जानकारी दिए ।

Citizen Life
Kumar Bank

ट्रङ्कलाइनवापतको विद्युतको बाँकी बक्यौता महसुल करिब आठ अर्ब रकम उठ्न बाँकी छ । उद्यमी व्यवसायीहरुले भने आफुहरुले डेडिकेटिड तथा ट्रङक लाइनको विद्युत उपभोग गरेको प्रमाण दिएमा सोही अनुसारको महशुल तिर्ने बताउँदै आएका छन् ।  अहिले भनेकै जस्तो हचुवाका भरमा तयार पारिएको बक्यौता महशुल तिर्न भने आफुहरु बाध्य नहुने उद्योगी व्यवसायीहरुको तर्क रहँदै आएको छ ।  नेपाल विद्युत् प्राधिकरणले रकम तिर्न ताकेता गरिरहेको छ ।

सरकारले उद्योगी र व्यवसायीप्रति मैत्रीपूर्ण व्यवहार गरिरहेको पनि मन्त्री खाँणले बताएका छन् । “निजी क्षेत्रप्रति राज्यले गरेको भरोसा कहिल्यै टुट्न दिइने छैन, राज्य सञ्चालनमा निजी क्षेत्रको अहम् भूमिका छ ।”, मन्त्री खाँणले भने ।

मन्त्री खाँणले पेट्रोलियम पदार्थको आयत असीमित हुँदै गएको भन्दै चिन्तासमेत व्यक्त गरे । उनले भने, “गाउँगाउँमा समेत दाउरा बाल्न छाडियो, ग्यास गाउँगाउँमा पुग्यो, यसले पनि पेट्रोलियम पदार्थ आयात बढायो, यसलाई विस्थापित गर्ने भनेकै विद्युत्को प्रयोग हो, यसैले विद्युत्को ट्रान्समिटर बनाउने गरी एमसिसी सम्झौता भएको हो ।”

उनले एमसिसी सम्झौता नगरेको भए नेपालमा डलरको सङ्कट देखिने तर्क गर्दै एमसिसीले विकासमा धेरै सहयोग पु¥याउनेसमेत दाबी गरे । सो अवसरमा मन्त्री खाँणले भैरहवास्थित जिल्ला कारागार अन्यत्र स्थानान्तरण गर्न सरकारले सघाउने पनि बताए ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले सभ्य समाज, सभ्य परिवार हरेक ठाउँमा समस्या हुने भएता पनि समाधान गर्ने विधि, शैली ठिक भएमा त्यसले दीर्घकालसम्म राम्रो नतिजा दिने बताए । उनले प्राचीनकालदेखि अहिलेसम्म विश्व अर्थतन्त्रमा निजी क्षेत्रको ठूलो भूमिका रहेको तथ्य र घटनासमेत सुनाए ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्