Shikhar Insurance

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २७, शुक्रबार १०:४६
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं.१९ हेम्जास्थित अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ । बैंकको पोखरास्थित चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्स ल्याबका लागि आवश्यक सामग्री सहयोग गरेको हो । बैंकले एक शाखा एक सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ । चिप्लेढुङ्गा शाखाका शाखा प्रवन्धक किरण घिमिरेले एक कार्यक्रमका बिच उक्त विज्ञान प्रयोग शालाका सामाग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

साथै, बेंकले महालक्ष्मी वचत वृद्घी खाता संचालनमा ल्याएको छ । वार्षिक व्याजदर ८.५५५ रहेको यस खाता न्युनतम मौज्दात ५१ रुपैयाँमा नै खोल्न सकिने छ । यसमा ५ लाख सम्मको दुर्घटना बीमा, निशुल्क मोवाइल वैकिङ्ग , निशुल्क एटिएम कार्ड, निशुल्क डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु दिँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्