Shikhar Insurance

‘चैत ७ गतेभित्र सरकारले भाडा वैज्ञानिकरुपले भाडादर समायोजन नगरे आफै बढाउने बढाउँछौं’

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २९, आईतवार १७:०४
NIMB
Nabil Bank

काठमाडौं । यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । यातायात व्यवसायीले पत्रकारसम्मेलन गरी सरकारलाई ७ दिने अल्टिमेटम दिएका हुन् ।

पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न व्यवसायीहरुले सरकारसँग माग गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

विगतमा डिजेलको मूल्य १०४ रुपैयाँ हुँदा समायोज भएको भाडा अहिले १३३ रुपैयाँ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो। बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरुको भनाइ थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले चैत ७ गतेसम्म वैज्ञानिकरुपले भाडादर समायोजन नभए आफै समायोजन गर्ने चेतावनी दिए ।
व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत ९.०३, ट्रक (पहाड) को ११.८२ र ट्रक (तराई)को १३.१३ प्रतिशत लागत वृद्धि भएको छ ।

यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधानको लागत ८.५ प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जनाइएको थियो । व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएको प्रति पनि ध्यानाकर्षण गराएका थिए । गएको असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्