Shikhar Insurance

प्रभु लाइफबाट बाहिरिए नारायण पौडेल, सन्तोष प्रसाईलाई सिईओ बनाइँदै

सिंहदरबार संवाददाता
२०७८ चैत्र १, मंगलवार ०८:२१
NIMB
Nabil Bank

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) नारायण प्रसाद पौडेलले राजीनामा गरेका छन् । उनले २०७९ बैशाख १ गतेदेखि लागु हुने गरि दिएको राजीनामालाई कम्पनी सञ्चालक समितिको बैठकले फागुन १८ नै स्वीकृत गरेको थियो ।

सन्तोष प्रसाईलाई सिईओ बनाउने योजनासहित व्यवस्थापन सल्लाहकारमा नियुक्ती गरेपछि पौडेल रुष्ट थिए । नेपाल लाइफको सिईओबाट राजीनामा गरेका प्रसाई कुलिङ पिरियडका कारण सिईओ बन्न नपाएपछि सल्लाहका रुपमा प्रभु लाइफ प्रवेश गरेका हुन् । प्रसाईलाई सुरुमा डेपुटी सिईओका रुपमा कम्पनीमा आवद्ध हुन आग्रह गरिएको थियो तर उनले अस्विकार गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएपछि पौडेलले प्रभु लाइफमा सिईओको जिम्मेवारी सम्हालेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्