Shikhar Insurance

बीमा सेवा उपलब्ध गराउन अजोड इन्स्योरेन्सले गर्यो भक्तपुर उद्योग बाणिज्य संघसँग सम्झौता

सिंहदरबार संवाददाता
२०७८ चैत्र १, मंगलवार १३:५९
NIMB
Nabil Bank

काठमाडौं। अजोड इन्स्योरेन्स र भक्तपुर उद्योग बाणिज्य संघबीच सरलिकृत र सहज रुपमा निर्जीवन बीमा सेवा उपलब्ध गराउने सम्बन्धि सम्बन्धि सम्झौता भएको छ । समझदारीपत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौतासँगैै दुई संस्थाहरुबीच भविष्यमा संघका सदस्यहरुलाई सरलिकृत र सहज रुपमा निर्जीवन बीमा सेवा उपलब्ध गराइने छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोही कार्यक्रममा “उद्योग व्यवसायमा वीमाको आवश्यकता र फाइदा” बिषयमा अन्तरक्रियासमेत भएको थियो । कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सो सम्झौताबाट संघका सदस्यहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्नसक्ने विस्वास व्यक्त गरे ।
उनले उद्योग व्यवसाय सञ्चालन गर्दा आउनसक्ने विभिन्न दूर्घटनाको अवस्थाहरुबाट राहत पाउनको लागि वीमा अपरिहार्य रहेको बताए ।

कार्यक्रममा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले छोटो समयावधीमै ‘टपटेन’ भित्र पर्न सक्षम आफ्नो कम्पनीले भक्तपुर जिल्लाका उद्यमी व्यवसायीहरुलाई बीमा सेवामा कुनै कसर नछोड्ने प्रतिबद्धता गरे ।

उक्त अवसरमा कम्पनीका कायममुकायम सहायक महाप्रबन्धक डोरिन्द्र राज दाहालको बर्तमान परिप्रेक्षमा बीमाको महत्व र वश्कताबारेमा प्रकाश पारेका थिए ।

करिब ८० भन्दा बढी उद्यमी व्यवसायीलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष रोशनी मैँया धौवन्जाले पनि बीमा सम्बन्धी आफ्नो धारणा राखेकी थिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्