Shikhar Insurance

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ चैत्र ६, आईतवार १७:०७
NIMB
Nabil Bank

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । ४ वर्षदेखि देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा अध्यक्ष डा. घिमिरेसहति सुभाष अमात्य, मनिराम पोखरेल, नरेश बहादुर मल्ल, अपूर्व प्रसाद जोशी, अनिल प्रसाद श्रेष्ठ र बिमला दाहाल रेग्मी संचालक सदस्य हुन् ।

चौथो वार्षिक साधारण सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ । साथै कम्पनीको नियमावली अनुसार समूह “ख” का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचन बाट शंकर गौतम तथा दिपक पाण्डेय निर्विरोध निर्वाचित भए ।

Citizen Life
Kumar Bank
Nepal Life

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. घिमिरेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्