Shikhar Insurance

रूस थप शसक्त आक्रमणकाे तयारीमा छः नेटो महासचिव

सिंहदरबार संवाददाता
२०७८ चैत्र १८, शुक्रबार १३:४५
NIMB
Nabil Bank

एजेन्सी । नेटोका महासचिव जेनस स्टोल्टेनवर्गले युक्रेनको पूर्वी भागमा आफ्नो आक्रमणको तिव्रतालाई दोब्बर बनाउन रुसले फौजलाई पुनः समूह विभाजन गरिरहेको जानकारी दिएका छन् ।
उनले भनेका छन्, “रुसले पुनः समूह विभाजन, पुनः आपूर्ति र शक्ति पुनः शसक्तिकरण गर्ने प्रयास गरिरहेको छ ।”

यसैबीच, संयुक्त अधिराज्यले रुसले थप बलका लागि जर्जियाबाट १ हजार २०० देखि २ हजार जनासम्म फौज ल्याइरहेको बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मस्कोले मंगलवार आफूले उत्तरी युक्रेनमा सैनिक गतिविधि घटाएर दक्षिणपूर्वमा रहेको दोन्वस क्षेत्रलाई स्वतन्त्र पार्ने काममा ध्यान केन्द्रित गर्ने जनाएको थियो ।

“रुसको सैनिक कारवाहीको स्वरुपमा कुनै पनि परिवर्तन आएको छैन । हामीले रुसी फौजले निरन्तर गोलावारी गरिरहेको देखिरहेका छौं । तिनीहरु दोन्वास क्षेत्रमा अधिकांश शक्ति संचय गर्नेतर्फ केन्द्रित रहेको देखिन्छन्,” स्टोल्टेनवर्गले भनेका छन्, “यतिकै बेला रुसले राजधानी किभ र अन्य सहरमाथि पनि दवाव दिइरहेको छ । तसर्थ निकट भविष्यमा नै थप आक्रमण हुने र समस्या बढ्ने आशा गर्न सकिन्छ ।”

स्टोल्टेनवर्गको टिप्पणीलाई समर्थन गर्दै वेलायतका रक्षा मन्त्री बेन वाल्लासले पनि रुसको रणनीति आक्रमण घटाउनु नरहेको बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्