Shikhar Insurance

३५ तस्बिरमा हेर्नुहोस् पूर्वकै ठूलो व्यापार मेला ‘विराट एक्स्पो’

सिंहदरबार संवाददाता
२०७८ चैत्र १९, शनिबार २०:१५
NIMB
Nabil Bank

विराटनगर । पूर्वको सबैभन्दा ठूलो व्यापार मेला विराटनगरमा जारी छ । मोरङ व्यापार संघको आयोजनामा सुरु भएको सो एक्स्पोको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले शुक्रबार गरेका थिए ।

मेला चैत २६ गतेसम्म चल्नेछ । स्थानीय उत्पादन प्रवर्द्धन गर्न र उत्पादित वस्तुको प्रचारप्रसारका लागि एक्स्पो आयोजना गरिएको हो । कोरोनाका कारण थिलथिलो भएको औधोगिक क्षेत्रलाई चलायमान गराउन पनि एक्स्पो सहयोगी हुने बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कोरोना महामारीपछि प्रदेश–१ मै ठूलो औद्योगिक तथा व्यापारिक एक्स्पो आयोजना गरिएको एक्स्पोमा २७० स्टल राखिएको छ । एक्स्पोमा बंगलादेश र पाकिस्तानमा उत्पादित वस्तुका स्टल पनि छन् ।

एक्स्पोमा ८० एसीसहित ६० कुलरसहित र १०६ सामान्य स्टल छन् ।

एक्स्पोमा अटोमोबाइल्सका १० स्टल छन् । यस्तै फुडकोर्टका लागि १० स्टल छन् । विराटनगर अस्पताल नजिकैको खुला मैदानमा आकर्षणको रूपमा लन्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिलजस्ता अन्तर्राष्ट्रिय संरचनाका नमुना राखिएका छन् ।

सेल्फी जोन र साहसिक खेलहरू पनि समावेश छ । एक्स्पोमा ४५ करोड रूपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

तस्बिरहरूः

GBIME

प्रतिक्रिया दिनुहोस्