Shikhar Insurance

संकटमा श्रीलंका, मन्त्रीहरुको सामुहिक राजीनामा, सडकमा आन्दोलन, देशभर कर्फ्यु

सिंहदरबार संवाददाता
२०७८ चैत्र २१, सोमबार १०:१९
NIMB
Nabil Bank

काठमाडौं । श्रीलकंका राजनीतिक संकट निम्तिएको छ । आर्थिक संकटमा फसेको श्रीलंका अब सत्ता परिवर्तनको दौडमा सामेल हुने देखिएको हो ।

सरकारका २६ जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् । उता, प्रधानमन्त्री महिन्द्रा राजापाक्षे र राष्ट्रपति गोटाबाय राजापक्षेले देशभर कर्फ्यु आदेश जारी गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सडकमा नागरिकहरुले प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्काएका छन् जसलाई विपक्षीहरुले सहयोग गरिरहेका छन् ।
राजापाक्षे परिवारको शासनका कारण मुलुक आर्थिक संकटमा फसेको भन्दै देशभर प्रदर्शन चर्किएको छ भने लुटपाटका घट्ना पनि सुरु भैसकेका छन् ।

विदेशी मुद्रा सञ्चििती अभावका कारण श्रीलंकाले अत्यावश्यक खाद्यान्न, औषधि, इन्धन लगायतका वस्तुसमेत खरिद गर्न सकिरहेको छैन् । कागज र मसी किन्न नसकेर विद्यालय स्तरको परिक्षा समेत स्थगित गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्