Shikhar Insurance

ओलीलाई जनार्दनको जवाफः विदेशी पानी खानेले वृद्धभत्ता दिन नसक्ने हल्ला गर्ने ?

सिंहदरबार संवाददाता
२०७८ चैत्र २८, सोमबार १९:०७
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्वप्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिको कटाक्ष गरेका छन् । ‘विदेशी पानी खानेले सरकार वृद्धभत्ता बाँड्न नसक्ने’ ढोल पिटेको भन्दै उनले सरकार सबै किसिमको सरकारी खर्चका लागि स्रोत जुटाउन सक्षम रहेको बताएका हुन् ।

उनले अहिले पनि राष्ट्रको ढुकुटीमा ६७ अर्ब रुपैयाँ रहेको जानकारी दिए । नेपाल र श्रीलंकाको अर्थतन्त्रबीच तुलनै हुन नसक्ने भन्दै नेपाललाई श्रीलंका बनाउने हतारो नगर्न पनि ओलीलाई चेतावनी दिए । उनले अर्थतन्त्र श्रीलंकाको जस्तै भयो भन्नेहरु राष्ट्रघाति भएको आरोप पनि लगाए ।

Citizen Life
Kumar Bank
Nepal Life

धेरै नेपालीहरुमा दुबई(युएई)मा भिल्ला(घर) रहेको आरोप पनि लगाए । त्यसरी नेपालबाट पैसा लगेर दुबईमा भिल्ला खरिद गर्नेहरुलाई छानीछानी कारवाही गर्नुपर्नेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्