Shikhar Insurance

आम्दानी बढेपनि नेपाल टेलिकमको नाफा नपत्याउँदो दरले घट्यो (६ कारण)

सिंहदरबार संवाददाता
२०७९ बैशाख २८, बुधबार ११:२८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकमको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद मुनाफा अघिल्ला आवको यही अवधिको तुलनामा ४४ करोड रुपैयाँले कम भएको छ ।

गत आवको चैत मसान्तसम्म कम्पनीले ५ अर्व ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा गरेकामा चालु आवको सोही अवधिमा ५ अर्व ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ मात्र नाफा गर्न सकेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको कुल आय भने बढेको छ । अघिल्लो आवको चैत मसान्तसम्म कम्पनीले कुल आय ३१ अर्व ६७ करोड ३७ लाख ७४ हजार रहेकोमा २.७२ प्रतिशतले वृद्धि भएर ३२ अर्व ५३ करोड ६७ लाख २९ हजार पुगेको छ ।

गत आ.व. को तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु २७ अर्व ४५ करोड १३ लाख ५३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ चैत्र मसान्त) सम्ममा रु ७६ करोड ८२ लाख ५९ हजार (अर्थात २.८ प्रतिशत) ले वृद्धि भई रु २८ अर्व २१ करोड ९६ लाख १२ हजार पुगेको छ ।

कम्पनीले ६ कारणले कम्पनीको नाफा घटेको जनाएको छ । यसबीचमा कोभिड–१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी आएको छ । यस्तै २०७८ माघ महिनामा कोभिड–१९ को महामारीको तेस्रो लहरले गर्दा कम्पनीको सेवा उपभोगमा कमी आई कार्य सञ्चालन आयमा कमी आएको टेलिकमले बताएको छ ।

अन्तरआवद्वता शुल्क सम्बन्धी निर्देशिका अनुसार डोमेस्टिक अन्तरआवद्वता शुल्कमा कमी भएकोले कार्य सञ्चालन आयमा कमी भएको टेलिकमको दाबी छ । सेवा व्यापकरुपमा विस्तार गरिएकोले मर्मत सम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको छ ।

कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट धेरै कम दरका डाटा प्याकेजहरु शुरु गरिएको हुँदा जीएसएमः सेवा तर्फ डाटाको खपत बढे तापनि राजस्वमा सोही अनुपातमा वृद्धि हुन नसकेको र महामारी पश्चात चिपसेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाई र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाई भई अपेक्षित समयमा सेवा विस्तार गर्न नसकिएकोले नाफा कम भएको बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्