Shikhar Insurance

नेशनल लाईफद्वारा सिन्धुपाल्चोकमा सामुदायिक अस्पताल स्थापना, ३ वर्ष चलाउने खर्च पनि जुटाइदियो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ५, बिहीबार १९:३५
NIMB
Nabil Bank

काठमाडौं । सिन्धुपाल्चोकको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स कम्पनी र एक एक पाईला फाउण्डेशन संस्थामा आज एक सम्झौता भएको छ । कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउण्डेशनका तर्फबाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले सम्झौतामा हस्ताक्षर गरे ।

सम्ंझौता अनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र ब्यवस्थापन हुनेछ र सो अस्पतालको संचालनमा आर्थिक सहयोग पु¥याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष रु.२० लाख आर्थिक सहयोग गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाईला फाउण्डेशन वि.सं.२०७२ साल देखि नेपालको दुर्गम क्षेत्रहरुमा निशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको एक गैर सरकारी संस्था हो । नेपाली स्वयं सेवकहरु कार्यरत रहेको उक्त फाउण्डेशनले स्थानिय सरकार र स्थानिय साझेदारहरुको सहकार्यमा विशेष गरी दुर्गम क्षेत्रहरुमा स्वास्थ्य शिविरहरु स्थापना गरी उल्लेखनीय स्वास्थ्य सेवा पु¥याइ आएको छ ।

कम्पनीको यस सहयोगवाट १५ सैयाको सामूदायिक अस्पतालको संचालन भै उक्त क्षेत्र वरिपरि रहेका करीब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने आशा गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्