Shikhar Insurance

नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा : बोनस पास हुने, छैन मर्जर/प्राप्तिको प्रस्ताव

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ८, आईतवार ११:२६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्स्योरेन्सले जेठ ३० गते ७३ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तोकि बुक क्लोजको अवधि समेत तय गरेको हो ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १७ गतेदेखि ३० गतेसम्म बुक क्लोजको मिति तोकेको छ । अर्थात् जेठ १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साधारणसभामा ११ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांस ०.५७८९ प्रतिशत अनुमोदन गर्ने प्रस्ताव गरिएको छ ।

कम्पनीको चुक्त्ता पुँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार ५६५ रुपैयाँको ११ प्रतिशत हुन आउने १३ करोड ६६ लाख ५७ हजार २४२ रुपैयाँको बोनस सेयर वितरण गर्दैछ । बोनसपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ३७ करोड ९० लाख रूपैयाँ पुग्नेछ ।

साधारणसभामा मर्जर वा एक्विजिसन बारेको कुनै प्रस्ताव गरिएको छैन । बीमा समितिको निर्देशनअनुसार निर्जीवन बीमा कम्पनीले आगामी आवसम्म चुक्तापुँजी २ अर्ब ५० करोड रूपैयाँ पुर्‍याउनुपर्ने हुन्छ । अर्थात् कम्पनीलाई १ अर्ब १२ करोड रूपैयाँ पुँजी न्युन हुनेछ ।

बीमा कम्पनीहरूले मर्जरको समेत प्रस्ताव साधारणसभामा गरेपनि नेपाल इन्स्योरेन्सले भने त्यसो गरेको छैन । तोकेको पुँजी पुर्‍याउने अर्को विकल्प हकप्रद वितरण जारी पनि हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्