Shikhar Insurance

समितिबाट स्वीकृति पाएसँगै प्रभु लाइफका सीईओ प्रसाईंले सम्हाले कार्यभार

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १९:२१
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईंलाई नियुक्त गर्न प्रभु लाइफ इन्स्योरेन्सलाई अनुमति दिएको छ । बीमा समितिले अनुमति दिएलगत्तै कम्पनीको संचालक समितिले आजैबाट लागू हुने गरी प्रसाईंलाई नियुक्त गरेको हो ।

कम्पनीका अध्यक्ष सुभाष अमात्यले प्रसाईंलाई सपथ ग्रहण गराइ आजैबाट पदभारग्रहण समेत गरेका छन् । प्रसाईंको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्