Shikhar Insurance

बीमा कम्पनीहरूमा नयाँ कर्मचारीले जागिर नपाउने, समितिले लगायो यस्तो प्रतिबन्ध

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १९:४४
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई नयाँ कर्मचारी भर्ना गर्न रोक लगाएको छ । मर्जर तथा प्राप्तिको प्रक्रियामा गएका कम्पनीहरुलाई कर्मचारी नथप्न समितिले निर्देशन दिएको हो ।

अहिले बीमा समितिले पुँजी वृद्धिको योजना अनुसार विभिन्न बीमा कम्पनीका अध्यक्ष र सीईओलाई बोलाएर मर्जरमा जान दवाब दिइरहेको छ । समितिले अघोषित रुपमा सबै कम्पनीलाई नयाँ कर्मचारी नथप्न भनेको छ भने मर्जरको प्रकृयामा गएका कम्पनीहरुलाई भने लिखित पत्रचारी गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनी ५ अर्ब रुपैयाँ आगामी असार मसान्तसम्म पुर्‍याउन निर्देशन दिइसकेको छ । तोकिएको पुँजी कायम गर्न समितिको निर्देशन अनुसार कम्पनीहरुले तोकिएको पुँजी पुर्‍याउन कार्ययोजना समेत पेश गरिसकेका छन् । जसमा अधिकांश कम्पनीहरुले मर्जर तथा प्राप्तिको विकल्प राखेको हुँदा कम्पनीलाई आर्थिक भार नथप्नको लागि नयाँ कर्मचारी भर्ना नगर्न भनिएको समितिका कार्यकारी निर्देशक पौडेलको भनाइ छ ।

‘हालसम्म मर्जरको सम्झौता गरिसकेका कम्पनीहरुलाई भने औपचारीक रुपमै नयाँ कर्मचारी नथप्न भनेका छौं,’ समितिका कार्यकारी निर्देशक पौडेलले सिंहदरबारसँग भने, ‘मर्जरको प्रकृयामा गएपछि आर्थिक भार थप नहोस् भनेर कुनै पनि तहका कर्मचारी नथप्न भनेका हौँ ।’

पुँजी वृद्धिका लागि मर्जर तथा प्राप्तिको बाटो रोज्न चाहने कम्पनीहरुलाई समेत तत्काललै नयाँ कर्मचारी भर्ना नगर्न सुझाव समितिले दिएको उनले जानकारी दिए ।

हालसम्म निर्जीवन बीमा कम्पनीहरुतर्फ हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जरको सम्झौता गरिसकेका छन् भने जीवन बीमातर्फ प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सले आपसमा मर्जरको सम्झौता गरिसकेका छन् । यी कम्पनीहरुलाई समितिले औपचारिक रुपमै पत्रचार गरी कर्मचारी भर्ना नगर्न भनेको हो ।

समितिको यस्तो निणर्यसँगै अब तोकिएको पुँजी कायम नगर्दासम्म बीमा क्षेत्रमा नयाँ रोजगारी सिर्जना नहुने प्रष्ट देखिन्छ । हाल बीमा क्षेत्रले १० हजार ५ सय ५३ जनालाई रोजगारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्